site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
क्वेटा । पाकिस्तानका वकिलहरूले आज देशभरीका अदालत बहिष्कार गरेका छन् । पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरमा सोमबार बिहान एक अस्पतालको आकस्मिक कक्षमा भएको विस्फोटमा परी आफना कैयौं सहकर्मीलगायत ७२ व्यक्तिको मृत्यु भएपछि मङ्गलबार पाकिस्तानी वकिलहरूले देशव्यापी रूपमा विरोध प्रदर्शन गरेका हुन् । 
गत सोमबार बिहान बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरू माझ सो भीषण आत्मघाती आक्रमण भएको थियो । 
आफ्ना सहकर्मी वरिष्ठ वकिलको मृत्युको समवेदना प्रकट गर्नका लागि करिब २ सय वकिल सो अस्पतालको आकस्मिक कक्षमा जम्मा भएका थिए । 
बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । वरिष्ठ वकिल बिलाल अन्वार कासी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा सोमबार बिहान मारिए थिए । 
शोक प्रकट गर्न जम्मा भएका वकिल तथा समाचार सङ्कलनका लागि पुगेका कैयौँ पत्रकारहरू घाइते भएका थिए । 
यस आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिवान र इस्लामिक स्टेट ९आईएस० लडाकू समूह दुवैले लिएको ती आतङ्ककारी समूहले जानकारी दिएको छ । 
यद्यपि पाकिस्तानी अधिकारीहरूले भने सो दुई आतङ्ककारी समूहले यो आक्रमण गराएको पुष्टि गरिसकेको छैन । 
सो आक्रमणमा मारिने व्यक्तिको सङ्ख्या ७२ पुगेको र १ सयभन्दा बढी घाइते भएका सम्बन्धित अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । प्रान्तीय सरकारले बलुचिस्तान राज्यभर तीन दिन शोकको घोषणा गरेको छ । रासस/एएफपी 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २६, २०७३  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC