site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
लकडाउनपछि खुलेको विद्यालयका शिक्षक भन्छन्- विद्यार्थीको सिकाइस्तर खस्कियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब ६ महिनापछि शैक्षिक संस्थाहरु सञ्‍चालनमा आउँदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्‍चालन हुँदा बालबालिकाको सिकाइस्तर भने खस्किएको पाइएको छ ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ७, डाँडागाउँका सन्तोष नेपाली पञ्‍चकन्या आधारभुत विद्यालयको ६ कक्षाको प्रथम विद्यार्थी हुन् । कक्षा ५ बाट प्रथम भएर ६ मा गएका सन्तोष ६ महिनापछि मात्रै पढाइ गर्न विद्यालय आउन पाउँदा खुसी छन् । घरमा बस्दा कहिले घरायसी काम त कहिले साथीभाइसँग खेलेरै समय बिताएका नेपाली आफूलाई पढ्नुपर्छ भन्‍नेचाहिँ लागेको बताउँछन् । तर पनि विद्यालय आएर नियमित पढेजस्तो चाहिँ नभएको उनको अनुभव छ । सन्तोष कोरोना त्रासबीच विद्यालय आउनुपर्दा माक्स लगाएर आउँछन् । घरबाट निस्कने बेला स्यानिटाइजार लगाएर आउने गरेका उनी विद्यालयमा भने पटक-पटक साबुनपानीले हात पनि धुने गर्छन् । लकडाउन खुकुलो भएसँगै विद्यालय सञ्‍चालन भएर पढ्न पाउँदा आफूखुसी भएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही ठाउँकी सुस्मीता भण्डारी पनि कक्षा ६ मै पढ्छिन् । कोरोना महामारीकै बीचमा विद्यालय सञ्‍चालन हुँदा आफू सचेत र सुरक्षित भएर विद्यालय आउने गरेको उनले बताइन् । लामो समय विद्यालय बन्द हुँदा साथीहरुसँग भेटघाट गर्न नपाएकाले दुःखी भए पनि अहिले भने विद्यालय खुलेपछि सबै साथीहरुसँग भेट गर्न पाएकामा उनले खुसी व्यक्त गरिन् । कोरोना संक्रमणबाट जोगिन भने रुखाखोकी लागेको साथीलाई विद्यालय नआउन भन्‍ने गरेको र आइहाले दूरी कायम गरेर मात्रै बस्‍ने गरेको उनले बताइन् । पटक-पटक साबुनपानीले हात धुने गरेकी सुस्मिता पनि घरमा बस्दा पढाइलाई खासै समय दिन नसकेको स्विकार्दै विद्यालय खुल्दा खुसी लागेको बताउँछिन् ।

सुस्मीताकी आमा लक्ष्मी भण्डारी पनि विद्यालय खुलेकामा आफू धेरै खुसी भएको बताउँछिन् । आफ्ना बच्चा घरमा बस्दा पढाइमा खासै समय दिन नसकेको उनको भनाइ छ । छोराछोरी घरमै बरालिएर बस्दा पढाइमा खासै समय नदिएकामा अहिले विद्यालय खुलेपछि भने बच्चाको शैक्षिक स्तर सुधार हुने उनको अपेक्षा छ ।

Global Ime bank

पञ्‍चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेल लामो समयपछि विद्यालय खुल्दा विद्यार्थीको शैक्षिक स्तर भने खस्किएको पाएको बताए । कोरोना महामारीबाट बच्‍न सबैजसो स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्‍चालन गरे पनि सबै विद्यार्थीले मापदण्ड पूरा गर्न नसकेको उनको भनाइ छ । ६ महिना मात्रै विद्यालय बन्द हुँदा पनि विद्यार्थीको शैक्षिक स्तर धेरै खस्किएको पाएको उनले बताए ।

अझै पनि देशभरीका शैक्षिक संस्था बन्द छन् । कतिपय विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्‍चालनको तयारी गरिरहेका छन् । सरकारले वैकल्पिक माध्यमबाट पढाइ सञ्‍चालन गर्न भने पनि खासै प्रभावकारी बन्‍न नसकेको जानकारहरु बताउँछन् । 
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC