site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 कोरोना संक्रमणको उपचारमा रहेका ट्रम्प अस्पतालबाट बाहिर निस्किएपछि आलोचना
Ghorahi CementGhorahi Cement

वाशिङ्टन ।  कोरोना संक्रमणको उपचारका क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार समर्थकलाई अभिभावदन गर्न एकाएक अस्पतालबाट निस्किएपछि उनको आलोचना भइरहेको छ । 

शुक्रबार कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल पुगेका राष्ट्रपति ट्रम्पले आइतबार अस्पतालबाट निस्किएर आफ्ना समर्थकहरुलाई हात हल्लाउँदै अभिवादन गरेका थिए । 

चिकित्सा विज्ञहरुले कोरोना संक्रमणको उपचारमा रहेका राष्ट्रपति ट्रम्पले अस्पतालबाट बाहिर निस्किने निर्णय गर्नु उपयुक्त नभएको र जोखिमपूर्ण भएको भन्दै टिप्पणी गरेका छन् । 

Agni Group

अस्पतालबाट केही समयका लागि बाहिर निस्किएर आफूले मास्क लगाएको भए पनि सेक्रेट सर्भिस स्टाफहरुलाई जोखिम हुनसक्नेप्रति चिकित्सा विज्ञहरुले ध्यानाकर्षण गराएका छन् । 

आफूले 'आश्चर्यजनक भ्रमण' गर्ने भनि ट्विट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिएका थिए । महामारी नियन्त्रण गर्ने नीतिलाई लिएर आलोचित हुँदै आएका ट्रम्पले भाइरसबाट आफूले धेरै सिकेको पनि बताएका छन् । व्हाइट हाउसका प्रवक्ता जुड डिरेले 'मेडिकल टिमले ट्रिप सुरक्षित भएको स्पष्ट पारिसकेको' बताएका छन् । 

Global Ime bank

राष्ट्रपति ट्रम्पले आइतबार अस्पतालबाट निस्किँदै गाडीको सिसाभित्रैबाट आफ्ना समर्थकलाई हात हल्लाउँदै अभिभावदन गरेका थिए । उक्त गाडीमा कम्तिमा पनि दुई जना रहेको हुनसक्ने अनुमान गरिएको छ । राष्ट्रपति ट्रम्प पछाडिको सिटमा मास्क लगाएर बसिरहेका देखिन्थे । 

चिकित्सा विज्ञहरुले राष्ट्रपति ट्रम्पले छोटो मोटर यात्रा गर्दा जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेको बताएका छन् । कोरोना भाइरसको संक्रमणको उपचारका क्रममा रहेका ट्रम्प यसरी निस्किन नहुने बताएका छन् । विज्ञहरुले राष्ट्रपति ट्रम्पले मास्क लगाएको भए पनि उनका स्टाफहरुलाई जोखिम भएको हुनसक्नेतर्फ सचेत गराइएको छ । 

राष्ट्रपति ट्रम्प उपचाररत अस्पतालको चिकित्सक डा. जेम्स फिलिप्सले भने, "राष्ट्रपति ट्रम्प सवार गाडी बुलेट प्रुफमात्र नभई केमिकल आक्रमणबाट समेत बचाउने खालको  हो । यस्तो किसिमको गाडीमा संक्रमणको जोखिम उच्च हुन्छ । त्यसकारण उनीसँगै भएका व्यक्तिहरुलाई कोरोना संक्रमणको जोखिम उच्च छ ।"

राष्ट्रपति ट्रम्पसँगै गाडीमा सवारहरुलाई अनिवार्य १४ दिनको क्‍वारेन्टिनमा बस्‍नुपर्ने उनले सुझाएका छन् । 

त्यसैगरी डेमोक्रेटहरुले पनि राष्ट्रपति ट्रम्पको यस कदमको आलोचना गरेका छन् । डेमोक्रेट सिनेटर हाकिम जेफ्रिज्‌ले ट्विटमा भनेका छन्, "हामीलाई फोटो शो गर्ने होइन नेतृत्व चाहिएको हो ।"

यद्पि कोरोना पोजेटिभ देखिएकी र सामान्य लक्षण भएका कारण व्हाइट हाउसमै रहेकी मेलानियम ट्रम्प भने आफ्ना स्टाफहरुलाई जोखिम हुनसक्ने भन्दै श्रीमान भेट्‌न अस्पताल पनि नगएको एनबीसीले जनाएको छ । उनलाई पनि शुक्रबार नै कोरोना संक्रमण भएको थियो । 

राष्ट्रपति ट्रम्पको वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरमा उपचार भइरहेको छ । ट्रम्पलाई कोरोना भाइरस पोजेटिभ देखिएयता दुई पटक अक्सिजनको मात्रा तल झरेको बताएका थिए ।

तर राष्ट्रपतिलाई अक्सिजन दिए-नदिएकोबारे उनले केहि बताएनन्। तर 'त्यसो गरिएको भए त्यो निकै सीमित भएको' जवाफ दिए । उनले चिकित्सकहरूको समूहले राष्ट्रपति ट्रम्पलाई डेक्सामेथासोन दिने निर्णय गरेको बताए । अध्ययनहरूमा उक्त औषधी अस्पताल भर्ना भएका कोभिड-१९ का गम्भीर बिरामीको स्वास्थ्यमा सुधार ल्याउन दिने गरेको देखिएको छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC