site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 नेकपा सचिवालय बैठक अन्योल, प्रवक्ता भन्छन्– औपचारिक जानकारी आएको छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । शनिबार बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अन्योलपूर्ण भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बैठक बसेर सचिवालय बैठक तय गरेको भए पनि महासचिवले विष्णु पौडेलले अहिलेसम्म जानकारी नपठाएको नेताहरूले जानकारी दिएका छन् ।

दुईजना अध्यक्षले शनिबार अपराह्न ४ बजे सचिवालय बैठक आह्वान गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका थिए । तर, अहिलेसम्म बैठकको खबर नै नआएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“सचिवालय बैठक आह्वान भयो भनेर हामीले पनि अनौपचारिक जानकारी पाएका हौं,” नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बाह्रखरीलाई जानकारी दिए, “तर, महासचिवले अहिलेसम्म खबर गर्नुभएको छैन ।”

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले दुई अध्यक्षले बैठक तय गरेको र पूर्ववत् एजेन्डामा छलफल हुने बताएका थिए । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्लो नियुक्ति, राजदूत सिफारिस आदिबारे पनि छलफल हुने बताएका थिए । तर, बालुवाटार स्रोतले भोलिको बैठक टुङ्गो लागिनसकेको जानकारी दिएको छ । स्रोतका भोलि सचिवालय बैठक बोलाउने विषयमा ओली त्यति सकारात्मक छैनन् ।

Global Ime bank

सामान्यतयाः पार्टी कमिटीका बैठकको औपचारिक जानकारी महासचिवले गराउने प्रचलन छ । राति अबेरसम्म महासचिवले कार्यसूचीसहित बैठकको जानकारी गराउने सम्भावना रहेको अर्का सचिवालय सदस्यले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC