site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसका नेतात्रयको दाबी- हामी एकसाथ छौं तीनतिर मुख फर्काएका छैनौं
Sarbottam CementSarbottam Cement

विराटनगर । कांग्रेसको राजनीतिमा विशिष्ट योगदान गरेको मोरङका प्रमुख तीन नेताले आफूहरुबीच कुनै किसिमको मतभेद नरहेको भन्दै कार्यकर्तालाई आश्वस्त पार्ने कोसिस गरेका छन् ।

राष्ट्रिय राजनीतिमै प्रभावशाली मानिएका केन्द्रीय सदस्य महेश आचार्य, मीनेन्द्र रिजाल र शेखर कोइरालाबीच बोलचालसमेत नहुने गरेको दृष्टान्त, व्यक्तिगत गुट अनि समूहको विवादका कारण नेतात्रयले तीनतिर मुख फर्काएको बुझाइ आमकार्यकर्ताको बुझाइ छ ।

लोकतान्त्रिक विमर्शका लागि साझा सवाल : साझा मञ्‍चद्वारा शुक्रबार आयोजित ‘राष्ट्रिय राजनीतिमा मोरङ हिजो आज र भोलि’ विषयक भर्चुअल अन्तरसंवादमा नेताहरुले पार्टीको आसन्‍न १४औं महाधिवेशनको सम्मुखमा एक रहेको सन्देश दिन खोजेका छन् । यो संवादको ११औं श्रृंखला हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्तरसंवादमा कांग्रेस केन्द्रीय सदस्य रिजालले राष्ट्रिय राजनीतिमा आफूहरुबीच फरक विचार नरहेको दाबी गरे । उनले भने, “हामीहरु एक छौं भन्‍नेमा दुईमत छैन ।” रिजालले कम्युनिस्ट सरकारले स्थानीय र प्रदेश सरकारको अधिकार कटौतीको दिशामा सक्रिय रहेको भन्दै लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गराउन पनि कांग्रेस महाधिवेशनको चुस्त नेतृत्व चाहिएको बताए ।

राजनीतिक इतिहास हेर्दा विराटनगरका भूमिका र पूरै मोरङको महत्त्व अति नै विशिष्ट किसिमको रहेको बताए । उनले भने, “कोइराला परिवारका पिताजी कृष्णप्रसाद कोइरालाले उन्‍नयन गरेको ठाउँ सय वर्ष पुगेको छ । हामी यहीं ठाउँका हौं झन्डै तीनैजनामा खासै फरक देख्नुपर्ने कारण छैन ।” उनले आफूहरुबीच कांग्रेसको राजनीतिमा फरक रुपमा हेर्नुपर्ने नभएको भन्दै नेतात्रयबीच विचार मिल्ने गरेको सुनाए ।

Global Ime bank

“हामी लिबरल डेमोक्रेसी मान्‍ने मानिस हौं कांग्रेसको विचार समयको आवश्यकता हो । हामीमा भएको केही भिन्‍नता भएको देखाउनुपर्छ,” रिजालले भने, “मोरङको विविधतालाई तीनैजना नेताले हाँक्न सक्नेछन् । बाँकी नेपाललाई पनि प्रतिनिधित्व गर्न काम गर्छौं ।” 

कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले मोरङको विराटराजाको दरबारदेखि किचकबधसम्मको स्थानले पौराणिक पहिचान र आधुनिक कालखण्डमा लोकतान्त्रिक संघर्ष अनि चेतनाको विशिष्टता बोकेको बताए । उनले भने, “औद्योगिक नगरी, शिक्षाको क्षेत्रमा युगान्तकारी प्रारम्भ गर्ने थलो हो । जनस्तरबाट पहिलोपटक विद्यालय खोलिएको ठाउँसमेत भएकाले मोरङको विशिष्टता छ ।” आचार्यले कांग्रेसबाट समर्पण र नयाँ कुरा गर्ने चाहना बढेको भन्दै विगतको योगदानले आजसम्म पनि थेगेको बताए ।

उनले भने, “पछाडि फर्किएर प्रेरणा खोज्‍नुपर्छ । नेतृत्व गरेको दम्भको अभिमान पनि होइन । सेवा र समर्पणको भाव लिनुपर्छ । जनताको भाव बुझेर गौरवलाई कायम गर्न सक्छौं ।” आचार्यले कम्युनिस्ट सरकारको कार्यशैलीका कारण देश आर्थिक रुग्णतामा फसेको, संवैधानिक संकट ल्याउने काम भएको र छिमेकी मुलुकबीचको सम्बन्ध नै अति कमजोर अवस्थामा पुगेको सुनाए ।

केन्द्रीय सदस्य कोइरालाले अहिले मोरङ केही पछाडि परेको भनेर चिन्ता लाग्‍नु स्वभाविक भएको भन्दै तर त्यो अवस्था नरहेको दाबी गरे । उनले राजनीतिमा नैतिकताको खडेरी पर्न थालेको भन्दै डनवाद र धनवादले राष्ट्रिय राजनीति नै प्रभावित बन्न पुगेको बताए । 

“हाम्रो अस्तित्व हामीहरुले गुमाउने क्रममा छौं । विगतमा वडादेखि नै गाविसमा, नपा र जिल्लामा पनि एमाले, माओवादी र कांग्रेससँगै जाँदा कांग्रेस कमजोर बनेको हो,” कोइरालाले भने, “नेतृत्व तहमा तपाईंहरुलाई लाग्दो होला असमझदारी छ कि भन्ने त्यस्तो छैन । हामीबीच असमझदारी छैन । कांग्रेसमा नैतिकता र संस्कार विस्तारै कम हुँदै गएको छ । नैतिकताका बलमा राजनीति हुन्छ । नैतिकता धरासायी बन्दै गएको यसलाई सुधार गर्नुपर्छ ।” कार्यक्रमको समन्वय प्रदेश १ का सांसद सूयर्माराज राईले गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC