site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहमन्त्री थापा भन्छन्- बाढी-पहिरो प्रभावितको व्यवस्थापन हिउँदसम्म भइसक्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन् । 

अस्थायी रुपमै भए पनि सिन्धुपाल्चोक, बागलुङ, कालीकोटलगायत देशभर बाढी-पहिरोबाट प्रभावित नागरिकको व्यवस्थापन छिटै गरिने उनले बताए । सिन्धुपाल्चोकका प्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले हिउँद सुरु हुनुअगावै पालमा बसेका नागरिकको व्यवस्थापन गरिने आश्‍वासन दिए । उनले भने, ‘‘चिसो बढ्दै जाने समय छ । हिउँद सुरु हुन्छ । अहिले बाढी-पहिरो प्रभावितहरु पालमा बसेका छन् चिसोमा त्यसले धान्दैन । यसका लागि तत्काल चाल्नुपर्ने स्टेप (कदम) चाल्छौँ । सकेसमम न्यानो हुने अस्थायी किसिमको बसाइको व्यवस्था गर्छौं । हिउँदमा चिसोले मानवीय क्षति नहोस् भनेर हामीले ध्यान दिएका छौँ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्‍न स्थानमा गरी अहिले ३५१ बस्ती जोखिममा रहेको बताए । यो वर्ष मानवीय र भौतिक क्षति भएका समेत गरी ३५१ बस्तीका ६ हजार ५ सय ७१ परिवार जोखिममा रहेको उनले बताए । जिल्लाका १८ वटा बस्ती अति जोखिममा रहेकाले आगामी वर्षको बर्खा सुरु हुनुअघि नै सार्नुपर्ने अवस्था रहेको उनले बताए ।

यो वर्षको असार २४ बाट भदौ २७ गतेसम्म ११३ जना गरी विगत पाँच वर्षमा सिन्धुपाल्चोकमा प्राकृतिक विपत्‌बाट ३ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । १७ सय ७० जना घाइते भएका छन् । ५५ करोड ८२ लाख बढीको आर्थिक क्षति भएको छ । गत असार २४ गते बाह्रबीसे नगरपालिका ५ जबमु र खागदमा गएको पहिरोमा परि २१ जना, साउन २० गते जुगल २ लिदीमा गएको पहिरोमा परि ३९ जना र बाह्रबीसे ७ को भिरखर्च र नागपुजेमा ३१ जनाको मृत्यु भएको थियो । यो वर्ष देशका विभिन्‍न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ । 

Global Ime bank

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC