site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर घटाउने निर्णयको नाडाद्वारा स्वागत
Ghorahi CementGhorahi Cement

काठमाडौं । करका दर र अन्त:शुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्त:शुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागतयोग्य कदम भनेका छन् । सरकारले गरेको करका दर र अन्त:शुल्क घटाउने निर्णय बिहीबारै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ । 

Agni Group

खासगरी विद्युतीय सवारीसाधनमा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अन्त:शुल्क बढाउने निर्णय गरेको थियो । तर बिहीबार फेरि अन्त:शुल्क घटाउने निर्णय गरेपछि अटोमोबाइल्स व्यवसायीहरुले पनि स्वागतयोग्य भनेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले विद्युतीय सवारीसाधनमा अन्त:शुल्क घटाउनु स्वागतयोग्य भएको बताए । यस्तै सवारीसाधन खरिदमा न्यूनतम ५० प्रतिशत डाउनपेमेन्ट गर्ने व्यवस्थालाई पनि सरकारले घटाइदिनुपर्ने उनले बताए । सवारीसाधनको डाउनपेमेन्टलाई ५० प्रतिशतबाट घटाएर १० प्रतिशतमा कायम गर्ने व्यवस्था गरिदिन पनि सरकारसँग आग्रहसमेत गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आयातित वस्तुमा लिने अन्त:शुल्क र करका दर घटाउँदा सरकारको राजस्व झनै बढ्ने बताए । अन्त:शुल्क घटाउँदा सबै सामान वैधानिक माध्यमबाट आउने र आयातको आकार बढने हुँदा राजस्व पनि बढ्ने उनको भनाइ छ । त्यस्तै कर घटाउँदा कम मूल्यमा वस्तु बिक्री गर्न सक्ने भएकाले उत्पादन पनि बढ्न जाने र त्यसबाट रोजगारी बढने भएकाले राजस्वमा स्वतः वृद्धि हुने श्रेष्ठले बताए ।

Global Ime bank

व्यवसायीहरुले आयातित वस्तुको अन्त:शुल्क घटाउनु सकारात्मक भए पनि भन्सार प्रक्रियामा सुधारको आवश्‍यकता रहेको बताएका छन् । खासगरी भ्याट फिर्तालगायत विषयमा अझै पनि प्रक्रिया नमिल्दा लागत बढ्न गई उपभोक्तालाई मूल्यमा मार परेको व्यवसायीहरुको तर्क छ । जसका कारण देशमा राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको पनि व्यवासयीहरु बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC