site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेरै मुखबाट सुन्नुस्, जस्तोसुकै अवस्थामा पनि उमेदवारी दिन्छु : निधि 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीको आशन्न १४ औं महाधिवेशनमा सभापति पदका लागि चुनावी प्रतिष्पर्धामा होमिने निश्चितप्रायः देखिएको छ । उनी कांग्रेसको आगामी नेतृत्वको ‘कमान’ सम्हाल्न सभापति शेरबहादुर देउवाको साथ र सहयोगको अपेक्षामा छन् ।  यद्यपि, देउवा आशन्न महाधिवेशनमा देउवाको साथ र सहयोग नपाए पनि निधि सभापति पदमा उमेदवारी दिने दृढ मनस्थिति बनाएर बसेका छन् ।

उनी आफूनिकटका नेताहरुसँग जस्तोसुकै परिस्थितिमा पनि सभापति पदको उमेदवारी दिनबाट पछि नहट्ने बताउँदै आएका छन् । उपसभापति निधिले गत साउन अन्तिम साता सभापति देउवालाई भेटेर उनकै समर्थनमा सभापतिमा उठ्ने बताएका थिए । त्यसयता देउवा र निधिका बीचमा आगामी महाधिवेशनको उमेदवारीको विषयमा दोहोरो कुराकानी भने भएको छैन । र, निधिले सार्वजनिक कार्यक्रममा औपचारिक रुपमा आफू सभापति पदमा उमेदवारी दिने घोषणा पनि गरिसकेका छैनन् ।

तर, उनी सभापति देउवासँग आफूले आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिने बताइसकेपछि काठमाडौंमा उपलब्ध नेताहरुसँग भेटघाट गर्दै आएका छन् भने जिल्ला तहका नेताहरुसँग टेलिफोनमा निरन्तर सम्पर्क गरिरहेका छन् ।

Agni Group

उपसभापति निधिले सभापतिमा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक तयारी तीव्र बनाएको उनी निकटस्थ बताउँदै आएका छन् ।

“सभापति शेरबहादुर देउवासँग उहाँकै समर्थनमा सभापतिमा उठ्ने बताउनुभएको थियो । त्यसपछि काठमाडौंमा नेताहरुसँग निरनतर भेटघाटमा हुनुहुन्छ । जिल्लामा टेलिफोन सम्पर्क गरिरहनुभएको छ,” उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले बाह्रखरीसँग भने, “उहाँले सभापतिमा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक तयारी तीव्र बनाउनुभएको छ ।”

Global Ime bank

सभापति देउवासँग साउन अन्तिम साता बूढानीलकण्ठमा भएको भेटमा उपसभापति निधिले १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यकता देखिएको भन्दै आफूलाई सघाउन आग्रह गरेका थिए । जवाफमा सभापति देउवाले उनलाई १४ औं महाधिवेशनमा आफूलाई सघाउन र १५ औं महाधिवेशनका लागि सभापति पदको तयारी गर्न सुझाएका थिए ।

तर, उपसभापति निधिले देउवाकै सहयोगमा आफू आशन्न महाधिवेशनमा सभापति पदको उमेदवारीको तयारीमा लागेको भन्दै देउवालाई जसरी पनि सघाउन आग्रह गरेका थिए । उनले १३ औं महाधिवेशनमा आफूलाई दिएको ‘वचन’ पनि भेटमा स्मरण गराएको कुरा सार्वजनिक भएको थियो । त्यसलगत्तै निधि विभिन्न सञ्चार माध्यमहरुसँगको कुराकानीमा आफूले पार्टीको आगामी नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेको प्रतिक्रिया दिएका थिए । कांग्रेसलाई बलियो शक्तिका रूपमा अगाडि बढाउने सोच बनाएर आगामी नेतृत्व सहमतिमा चयन हुनुपर्नेमा उनको जोड थियो ।

तर, पछिल्लो समय उमेदवारीका बारेमा खासै नखुलेका उपसभापति निधिले बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा आफू आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिने प्रतिक्रिया दिए । त्यसका लागि उनी सभापति देउवाको साथ भने खोजिरहेका छन् ।

“साउन लास्टतिर मैले आफ्नो कुरा सभापति र वरिष्ठ नेतासँग एकै दिन राखिसकेको छु,” उपसभापति निधिले भने, “तर, म शेरबहादुरजीकै समर्थनमा सभापतिमा उठ्छु ।”

उनले १४ औं महाधिवेशनमा सभापति देउवाको साथ र सहयोग नपाए पनि आफू पछि नहट्नेसमेत दाबी गरे । “उहाँको समर्थन चाहेको छु । नपाए पनि म पछि हट्दैन,” निधिले भने, “पछिल्लो समय मैले उमेदवारीका बारेमा खासै बाहिर कुरा गर्ने गरेको त छैन । तर, मेरै मुखबाट सुन्नुस्– म जस्तोसुकै अवस्थामा पनि उमेदवारी दिन्छु ।”

निधिले संस्थापन पक्षको समर्थनबिना आगामी महाधिवेशनमा उमेदवारी दिए सभापति देउवालाई ठूलो धक्का लाग्ने आँकलन कांग्रेस वृत्तमा चल्ने गरेको छ । “निधि उठ्नुभयो देउवाको २५ देखि ३० प्रतिशत स्ट्रेन्थ घट्छ,” संस्थापन इतर समूहमा रहेका एक केन्द्रीय सदस्यले भने । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC