site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पहिलो प्रमुख चाड मनाउन चीनमा लाखौँ एकैपटक भ्रमणमा निस्किए
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोभिड महामारीपछिको पहिलो प्रमुख चाडका लागि चीनमा आठ दिनको देशव्यापी बिदा सुरु भएसँगै यतिबेला लाखौँको सङ्ख्यामा मानिसहरु एकैपटक घुम्न निस्किएका छन् । कोभिड–१९ पूर्ण नियन्त्रणमा आइसकेको दाबी गर्ने चीनका लागि आर्थिक गतिविधि बढाउन यो अति अपेक्षित समय भएको बताइएको छ । गत वर्ष भ्रमणकर्ताहरुले यस ८ दिने बिदाको अवधिभर मात्र ९.५ अर्ब डलर खर्च गरेका थिए । र यसपटक विदेश घुम्न जान नपाउनेहरुले देश भित्रै लक्जरी यात्रा गर्ने हुनाले पनि अधिक फाइदा पुग्न सक्ने अनुमान रहेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार गत वर्षको कूल पर्यटन आम्दानी ९५ अर्ब डलर बराबर रहेको थियो । 

कोरोना महामारी सुरु भएपछिको यस पहिलो चाडमा देशभर गरेर ६० करोड यात्रा तय गरिने सरकारी अधिकारीहरुको अनुमान छ जुन अघिल्लो वर्षको भन्दा २० प्रतिशत कम हो । आठ दिनको बिदामा रेल मार्फत १० करोड ८० लाख मानिसहरुले यात्रा गर्नेछन् अर्थात प्रति दिन १ करोड ३० लाख यात्रु हुने अपेक्षा गरिएको छ । चीनको ‘राष्ट्रिय दिवस एवम् मिड–अटम फेस्टिभल’ का अवसरमा दिइने ८ दिने राष्ट्रिय बिदामा मानिसहरुले परिवारसँग भेट गर्ने घुम्न जाने लगायत गर्दछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तर बाँकी विश्वमा अझै पनि कोरोना प्रकोप अन्त्य नभएको हुँदा यो वर्ष अन्तर्राष्ट्रिय भन्दा आन्तरिक भ्रमण गर्नेहरु उल्लेखनीय रुपमा बढ्नेछन् । यसबीच कोरोनाका कारण महिनौँ बन्द भएका व्यवसायहरुलाई यसबाट धेरै फाइदा हुने आशा गरिएको छ । द ग्रेटवाल, सांघाइको डिज्नील्यान्ड लगायत प्रमुख पर्यटकीय गन्तव्यहरु बिहिबार नै अधिक भरिभराउ बनेको तस्बिरहरुमा देख्न सकिन्छ । यसरी अहिले चीनभरका रेल स्टेसन र विमानस्थलहरु सबैमा अधिक चहलपहल बढेको छ । हाइवे सकडमा मात्र प्रति दिन ५ करोड ११ लाख सवारी यात्रा हुने यातायात मन्त्रालयले जनाएको छ जुन अघिल्लो वर्षको भन्दा १–५ प्रतिशत वृद्धि हो । 

चीनको स्थापना दिवस अन्र्तगतको यस बिदामा हरेक वर्ष यसरी नै सडक र यातायात अस्तव्यस्त हुने गर्दथ्यो तर यस वर्ष कोरोनाका कारण पनि यो पर्वले छुट्टै महत्व बोकेको बताइएको छ । कुनै समय लकडाउनमा महिनौँ घरभित्र बस्न बाध्य बनेका नागरिकहरु पहिलोपटक बिदा मनाउन स्वतन्त्र रुपमा हिँडडुल गर्न पाएको हुनाले पनि माहोल धेरै फरक हुने चिनियाँ अधिकारीहरुले बताएका छन् । वर्षभरिको तनावपूर्ण समयलाई भुलेर सबैले रमाइलो गर्ने अवसर पाएकाले पनि नागरिकहरु यसपटक केही बढी उत्साहित छन् । 

Global Ime bank

केही महिना अगाडिदेखि नै चीनमा जनजीवन सामान्य बनिसकेको छ । र अहिले आर्थिक गतिविधिलाई बढावा दिनकै लागि विभिन्न पर्यटकीय गन्तव्यहरुले प्रवेश शुल्क, टिकट लगायत घटाउने, निःशुल्क गर्ने गरिरहेका छन् । यता रेल अनि विमानका टिकेट बुकिङमा पनि उल्लेखनीय वृद्धि देखिएको चिनियाँ राष्ट्रिय संचार सिन्हुवाले जनाएको छ ।

बिहिबार सार्वजानिक स्थलहरुमा लिइएका केही तस्बिरमा आन्तरिक पर्यकटले भरिभराउ सडक, पार्क अनि बजारहरु देख्न सकिन्छ । सांघाइका वासिन्दा, निउ होङलिन भन्छन्, “अरु वर्ष हामी यतिबेला विदेशमा घुम्न निस्कने गरेका थियौँ तर यस वर्ष देशमै मनाउने तयारी गरेका छौँ ।” उनका अनुसार छोरीले डिज्नील्यान्डमा एउटा खेल खेल्नका लागि तीन घण्टा पालो पर्खनु परेको हो । यसरी चीनमा घरेलु पर्यटकले अर्थतन्त्रलाई ठूलो राहत पुर्याइरहेको छ । त्यसैले कोरोनाको मारमा परेका व्यवसायी र कम्पनीहरुले यतिबेला पुर्नजीवन पाएको आभास गरिरहेको बताएका छन् । किनकी यो पटकको बिदामा प्रायः मानिसहरुले सामान्य अवस्था भन्दा बढी खर्च गरिरहेको पनि पाइएको छ । फेब्रुअरीमा सबै चेक इन खालि बन्न पुगेको बेइजिङको क्यापिटल विमानस्थलमा अहिले हजारौँ यात्रुहरुको लाइन देख्न सकिन्छ । 

यसरी छोटो समयमा मानिसहरुको यति ठूलो स्तरमा चहलपहल बढ्ने सम्बन्धी अवस्य पनि चिन्ता व्यक्त गरिएको थियो । तर प्रायः चिनियाँ नागरिकहरुका लागि हाल कोरोना, त्यति ठूलो चिन्ताको विषय बनेको छैन जहाँ स्थानीय संक्रमण झन्डै शून्य अवस्थामा छ भने बाहिरबाट भित्रिनेहरुलाई पनि कडा व्यवस्थापन गर्ने गरिएको छ । तापनि सर्वसाधारणहरु अझै सावधानी अपनाइरहेकै छन् र अधिकांशले मास्क लगाएर नै हिँडडुल गरिरहेका छन् ।  


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC