site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मन्त्रिपरिषद् निर्णय : सरकारले करका दर र अन्त:शुल्क घटाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताए । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए । यो व्यवस्था आजै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उनले बताए ।

त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ (क)को कसुरसम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ । तेजाबपीडितको नाम र फोटो प्रकाशित गरी सहायोग संकलनको नाममा रकम उठाउने कार्य पनि गैरकानुनी ठहर गरिएको र त्यस्तो काम गर्ने कसुरमा दण्डाधिकारीका रुपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै मुख्य सचिव लोकदर्शन रेग्मीले मिति २०७६ असोज १५ गते देखि लागु हुनेगरी राजीनामा दिएकामा सोही मितिदेखि लागु हुनेगरी स्वीकृति भएको छ । मुख्य-सचिव पदमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ ।

पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूत पदमा र पनामा, कोस्टारिका, मेक्सिको, होन्डुरस, ग्‍वाटेमालका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफरिस गरेको छ । त्यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय राजदूत र गणतन्त्र आयरल्यान्ड र गणतन्त्र मालटाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफरिस गर्ने निर्णय पनि गरेको छ ।

Global Ime bank

त्यस्तै निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्या, कंगो, तान्जानिया, जाम्बिया, जिम्बावे, ज्ञावेनलगायत देशका लागि गैरआवसीय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ । 

अक्टुबर ६ देखि ७ सम्म भर्चुअल रुपमा हुने नेपाल-बंगलादेश व्यापार वार्ताका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा १२ सदस्यीय नेपाली वार्ता टोली गठन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

उद्योग विभागमा रहेको एकल विन्दु सेवा केन्द्र र खानी विभागअन्तर्गत रहेको पेट्रोलियम अन्वेषण परियोजना र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिमा आर्थिक वर्ष ०७७/७८ का लागि राजपत्रांकित स्तरका २८ पदको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय पनि गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC