site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्राधिकरणद्वारा थाई र एयर इन्डियालाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको अनुमति फिर्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल नागरिक उड्‍डयन प्राधिकरणले थाई एयर र एयर इन्डियालाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको अनुमति फिर्ता लिने भएको छ ।

सरकारले हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्‍यान्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकणले थाई र एयर इन्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो । बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आफ्नो ग्राउन्ड ह्‍यान्डलिङ आफैं गर्ने गरेका थाई एयर र एयर इन्डियाको अनुमति फिर्ता लिने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले कोरोनाका कारण ती विमान कम्पनीका अधिकारीहरुसँग वार्ता गर्न सम्भव नभएकाले छिट्टै वार्ता गरी अनुमति फिर्ता दिइने उनले बताए । पोखरेलले भने, ‘‘अब थाई एयर र एयर इन्डियालाई ग्राउन्ड ह्‍यान्डलिङको मौका दिने पक्षमा हामी छैनौं । अहिले कोभिडको बेला छ उहाँहरु यहाँ हुनुहुन्‍न आएपछि छलफल गरेर तपाईंहरुले सेल्फ ग्राउन्डिङ गर्न पाउनुहुन्‍न । तपाईंको क्राइटेरिया मिट गर्दैन भन्छौं । अब हाम्रो ग्राउन्ड ह्‍यान्डिलिङ सेवा दिने प्रदायक नेपाल वायुसेवा निगम मात्रै हो यो कुरामा भ्रममा नपर्नुहोस् ।’’

उनले काठमाडौं बेस भएर नयाँ वायुसेवा कम्पनीलाई सञ्‍चालनको अनुमति नदिने पनि बताए । हिमालय एयरलाइन्सलाई नियमानुसार सेल्फ ग्राउन्ड ह्‍यान्डलिङको जिम्मेवारी दिइएकाले राष्ट्रिय मुद्दा बनाउन नहुने उनको भनाइ थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC