site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
‘डा. गोविन्द केसीको माग तत्काल पूरा गर्नुपर्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । डा. गोविन्द केसी १९ औँ सत्याग्रहमा छन् । जुम्लामा रहेका केसीले त्यहीँबाट सत्याग्रह थालेका थिए । उनी केहीदिनअघि काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सत्याग्रहमा छन् । उनको स्वास्थ्यअवस्था गम्भीर हुँदै गए पनि अहिलेसम्म सरकारले वार्ताको कुनै पहल गरेको छैन ।
सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले डा. केसीका माग तत्काल पूरा गर्नुपर्ने बताउँछन् । बाह्रखरीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रस्तुत छ बाह्रखरीले नेता पन्तसँग गरेको कुराकानी :

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसी १९औंपटक अनशनमा छन् । आज १८औं नै दिन बितेको छ । सरकारलाई उनको स्वास्थ्यप्रति पटक्कै चिन्ता देखिएको छैन । पार्टी पनि मौन छ । व्यक्तिको जीवनरक्षाका लागि पार्टी जिम्मेवार बन्‍नुपर्दैन ?

डा. केसीले अगाडि सारेका मागबारे छलफल गर्न जरुरी छ । सरकार सबैको अभिभावक हो । जुम्लामा गएर अनशन बसेका डा. केसीलाई काठमाडौं ल्याएको सरकारले हो  । सरकारले किन ल्याएको काठमाडौं ? जीवन बचाउनका लागि होला नि । काठमाडौं आइसकेपछि पनि उहाँले अनशन जारी राख्नुभएको छ । त्यसो हुँदा अविलम्ब दुवै पक्ष वार्तामा बस्नुपर्छ । सरकारले त्यसको पहल गर्नुपर्छ । उहाँका कति माग अहिल्यै पूरा गर्न सकिएला, कति पछि सकिएला, कति मागलाई थाती राखेर केही समयपछि पूरा गर्न सकिएला । तर, त्यसबारे सरकारले आफ्नो वस्तुगत यथार्थ, परिस्थिति, धारणा राख्ने हो । वार्ता नै नगरी अनशन बस्न दिनेचाहिँ लोकतन्त्रमा उपयुक्त होइन ।

Prabhu Bank
Agni Group
NIC Asia

लोकतन्त्रमा विरोध गर्ने, माया गर्ने, सबैको अभिभावक सरकार नै हो । सरकारले जायज, बढी लाग्ने सबै प्रकारका माग सुन्नुपर्छ । सुनिसकेपछि आफ्नो अवस्था, क्षमताअनुसार यो काम अहिले गर्न सकिन्छ, अहिले गर्न सकिँदैन, यो माग अहिले पूरा गर्न सकिन्छ, यो माग पूरा गर्न सकिँदैन भनेर बताउने हो । लोकतन्त्रमा अनशन बसेका अनशनकारीसँग वार्ता नगर्ने भन्ने हुँदैन । छिटोभन्दा छिटो वार्ताको पहल गर्नुपर्‍यो ।

सरकारले वार्ताको पहल गरेन, पार्टीका नेताहरूचाहिँ किन मौन छन् ? उनीहरूले पहल गर्नुपर्दैन ?
पार्टीमा यसबारे छलफल भएको छ/छैन, मैले थाहा पाएको छैन । पार्टीले भन्दा पनि सरकारले नै गर्नुपर्छ । खासगरी यसमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अगाडि बढ्नु उपयुक्त हुन्छ । उहाँकै अग्रसरतामा वार्ता गर्ने, केसीजीका माग के-के हुन् सुन्ने, के-के पूरा गर्न सकिन्छ तत्काल तदारुकता देखाउनुपर्छ । उहाँले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्छ ।

Global Ime bank

सरकारले वार्ता गर्न कि मन्त्री, कि कुनै कर्मचारी खटाउनुपर्‍यो । तर, वार्ताचाहिँ सुरु गर्नुपर्‍यो ।

रोकेको छ केले ?
म भन्दै छु । गोविन्द केसी पनि व्यवहारिक हुनुपर्‍यो । उहाँका कतिपय माग जायज होलान् । कतिपय तत्काल पूरा गर्न सकिने होलान् । कति दीर्घकालमा पूरा गर्नुपर्ने होला । लचिलो दुवै पक्ष हुनुपर्छ । केसी पक्ष, सरकार पक्ष दुवै लचिलो भएर  वार्तामा बस्नुपर्छ । मेरो गोरुको बाह्रैटक्का गरेर समस्याको समाधान निस्कँदैन । वार्ताको विकल्प मैले देखेको छैन ।

केसीसँग सम्झौता गर्ने पालना नहुने भएपछि वार्ताको पनि के औचित्य, उपादेयता ?
विगतमा के-के सम्झौता भए, कति पूरा भए भनेर त्यसबेलामा सहमति, सम्झौता अगाडि राख्नुपर्‍यो । पूरा भएका भइहाले, नभएकामध्ये के-के अहिले सकिन्छ, के-के पछि सकिन्छ भनेर दुवै पक्षलाई चित्त बुझ्ने बाटो खोज्नुपर्‍यो ।

त्यसमा सरकारले आफ्नो पोजिसन प्रस्ट राखे भइहाल्यो नि । वार्तामा बसेपछि जनताले पनि त थाहा पाउँछन् नि ।

सरकारको लापरबाहीले केसीको जीवनै धरापमा परिसक्यो, अब त तपाईं (पार्टीका नेता) हरूले पनि पहल गर्नुपर्‍यो नि !
सत्र-अठार दिनदेखि उहाँ अनशनमा हुनुहुन्छ । उहाँको जीवन, स्वास्थ्यप्रति सरकारले ध्यान दिनुपर्‍यो । उहाँलाई तलमाथि केही भइहाले त्यसले सरकारलाई राम्रो गर्दैन । जनता उद्वेलित हुनसक्छन् । आन्दोलिन हुनसक्छन् । मन परोस्, नपरोस्, चित्त बुझोस्, नबुझोस् लोकतन्त्रमा सबैको मागको सम्बोधन सरकारले गर्नुपर्छ ।

सरकारले सम्बोधन गर्न खोजेको थियो भनेर सन्देश दिन म सरकारमा रहेका साथीहरू र प्रधानमन्त्री केपी ओलीसमेतलाई अनुरोध गर्न चाहन्छु । ध्यानाकर्षण गराउन चाहन्छु ।

संविधानले किटान गरेको मौलिक हक कार्यान्वयन गर, शिक्षा, स्वास्थ्य सुलभ बनाऊभन्दा पनि एउटा व्यक्ति १८ पटक अनशन बस्नुपर्ने, विडम्बना होइन यो ? यही हो लोकतन्त्र ?
यो कुरामा पछि बहस गरौंला । अहिले तत्काल गर्नुपर्ने कुरामा ध्यान दिऊँ । सरकारले वार्ता सुरु गर्नुपर्छ । केसीमा मागका सन्दर्भमा सरकारले आफ्ना कुरा जनतालाई प्रस्ट पार्नुपर्छ । केसीले पनि मैले भनेकै हुनुपर्छ भन्‍नु हुँदैन । केसीले पनि अनशन बस्‍नुभन्दा अगाडि छलफल, वार्ताको पहल गर्नुपर्थ्यो । त्यो नगरेर अनशन बसिहाल्नुभयो । यो अवस्थामा सरकारले समझदारीपूर्वक वार्ता गरेर समाधान खोज्नु उपयुक्त हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC