site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा स्कुल तथा कलेज खोल्न केन्द्र सरकारको अनुमति 
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोनाका कारण मार्चबाट बन्द रहेका स्कुल तथा कलेज खोल्न भारतको केन्द्र सरकारले अनुमति दिएको छ । अनलक—५ अन्तरगत केन्द्र सरकारले लकडाउन थप खुकुलो गर्दै स्कुलक तथा कलेज यही अक्टुबर १५ बाट खोल्ने अनुमति दिएको हो । 

यद्यपि खोल्ने नखोल्ने अन्तिम निर्णयको अधिकार केन्द्र सरकारले राज्य सरकार र सम्बन्धित संस्थालाई दिएको छ । केन्द्र सरकारले अझै पनि अनलाइन र दूरी शिक्षलाई नै प्राथमिकता र प्रोत्साहन दिइने जनाएको छ । 

यसैबीच, भारतमा सिनेमा हल खोल्न पनि केन्द्र सरकारले अनुमति दिएको छ । अक्टोबर १५ बाट भारतमा सिनेमा हल खोल्ने अनुमति सरकारले दिएको हो । 

Agni Group

सिनेमा हलसँगै मल्टिप्लेक्स, प्रदर्शनी हल र मनोरन्जन पार्कहरू पनि खोल्ने अनुमति संघीय सरकारले दिएको हो । स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै हल खोल्ने अनुमति दिएको हो । 

नेपालमा पनि गत चैत ७ गतेबाट सिनेमा हल बन्द छन् । सरोकारवाला निकायले सिनेमा हल सञ्चालनको अनुमति मागे पनि सरकारले उक्त मागको सुनुवाई गरेको छैन । 

Global Ime bank

भारतले स्कुल तथा कलेज खोल्ने अनुमति दिए पनि त्यहाँ कोरोनाको जोखिम भने कम भएको छैन । दैनिक ८० हजारभन्दा माथि कोरोना संक्रमित थपिरहेका छन् भने हजारको सेरोफेरोमा संक्रमितको मृत्यु भइरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । 

भारतमा हालसम्म कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९७ हजार ४९७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १७९ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ४७२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६२ लाख २५ हजार ७६३ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा छ ।
 

प्रतिकात्मक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC