site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोडेर्नाको खोप सुरक्षित, ज्‍येष्ठ नागरिकमा पनि प्रभावकारी काम गर्ने 
Ghorahi CementGhorahi Cement

एजेन्सी । अमेरिकी कम्पनी मोडेर्नाको खोप सम्बन्धी गरिएको प्रारम्भिक सुरक्षा परीक्षणमा यसले बढी उमेरका सहभागीमा पनि युवामा जत्तिकै भाइरसलाई निर्मुल बनाउने एन्टिबडिज उत्पादन गर्न सक्ने देखिएको छ । यसको साइड इफेक्ट उच्च डोजमा फ्लुको सुइ जस्तै हुने अनुसन्धानकर्ताहरुले जानकारी गराएका छन् । 

‘न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित यस अध्ययनले जेष्ठ नागरिकहरुमा यो खोपको सुरक्षा समबन्धी विस्तृतमा व्याख्या गरेको छ । जेष्ठ नागरिकहरु विशेषगरी कोभिड–१९ को गम्भीर लक्षणप्रति अधिक संवेदनशील समूह मानिन्छन् । तर यो नयाँ खोजले वास्तवमै अधिक राहत दिलाएको अध्ययनका प्रमुख डाक्टर एभान एनडरसन बताउँछन् । उमेर बढेसँगै हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै जाने गर्दछ । 

Agni Group

यो नयाँ अध्ययन मोडेर्नाको सुरक्षा सम्बन्धी पहिलो चरणको ट्रायल अन्र्तगत रहेको थियो जुन १८–५५ वर्षीय सहभागीहरुमा परीक्षण गरिएको हो । यसमा २५ माइक्रोग्राम र १०० माइक्रोग्राम गरी मोडेर्नाका दुईवटा खोपहरु ४० वर्षदेखि ५६ वर्ष अनि ७० भन्दा माथिका उमेरका व्यक्तिहरुमा परीक्षण गरिएको हो । यसपछि अनुसन्धानकर्ताहरुले २८ दिनको अन्तरमा १०० माइक्रोग्राम डोजका दुईवटा खोप लगाउने जेष्ठ नागरिकहरुले पनि युवा जत्तिकै इम्युन प्रतिक्रिया जनाउने गरेको पत्ता लगाएका हुन् । 

मोडेर्नाले अब स्वीकृति या आपत्कालीन अनुमति पाउनु अगाडि तेस्रो चरणको अन्तिम ट्रायल गर्नेछ जसमा उच्च डोजको परीक्षण गरिनेछ । यसमा टाउको दुख्ने, शरीर दुख्ने, थकान, काम छुट्ने, हल्का ज्वरो आउने, सुइ लगाएको ठाउँमा दुख्ने लगायत सामान्य साइड इफेक्टहरु देखिने बताइएको छ । अहिलेसम्मको परीक्षणहरुमा दुईजना सहभागीले चाहिँ केही गम्भीर प्रतिक्रिया देखाएका छन्, जसमा एकजनालाई १०२.२ डिग्रीभन्दा माथि ज्वरो आएको थियो भने अर्का एकजनालाई अत्यधीक थकानका कारण काम गर्न नसक्ने भएका थिए । 

Global Ime bank

तर यी लक्षणहरु खोप लगाउनासाथ देखा परेको अनि केही समयमै ठीक पनि भएको एन्डरसन बताउँछन् । उनले भनेका छन्, “उच्च डोजको खोप लिने जेष्ठ नागरिकहरुमा पनि यस्तै साइड इफेक्ट देखा पर्नेछ र हल्का ज्वरो पनि आउने सम्भावना छ ।” रोयटर्स 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC