site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काउन्सिलको सेवालाई प्रभावकारी बनाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यवाह अध्यक्ष बुढाथोकीले आज दश बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै काउन्सिलमा नयाँ शैली अवलम्बन गरी आजको काम आजै सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रतिवद्धतापत्रमा काउन्सिलले अबदेखि उपत्यकाबाहिर टाढाबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर प्रक्रिया पुगेको अवस्थामा सोही दिन वा २४ घण्टाभित्र काम फत्ते गर्ने भनिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बुढाथोकीले साँघु साप्ताहिकको सम्पादक नरहने जानकारी समेत गराएका छन् । उनले पदमा रहुञ्जेल कुनैपनि सञ्चारमाध्यमको सम्पादक र राजनीतिक दल तथा सङ्घ–सङ्गठनमा नरहने घोषणा गरेका छन् ।

यही असोज ९ गते कार्यवाहक अध्यक्षमा नियुक्त भएका बुढाथोकीले काउन्सिलको नेतृत्वमा रहँदा कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग नगर्ने बताएका छन् । उनले  आमसञ्चारका नयाँ–नयाँ माध्यम र प्रविधिको व्यवस्थापनाका लागि नीतिगत पहल गर्ने बताएका छन् । 

Global Ime bank

उनले अनलाइनको नियमन र सुविधाको लागि श्रेणीकरण हुनुपर्ने उल्लेख गरेका छन् । त्यसैगरी काउन्सिलले गर्दै आएको पत्रपत्रिका वर्गीकरण सम्परीक्षणको काम अघि बढाउन पहल गर्ने बताएका छन् । 

साथै उनले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम सामाजिक सेवा, असहाय, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्वका अनुसन्धान तथा खोजमा संलग्न व्यक्ति-संस्थाको लागि उपलब्ध गराउने पनि बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC