site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सार्वजनिक यातायात चढ्नै डराउछन् यात्रु  (तस्बिरहरु)
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समयको बन्दाबन्दी र निषेधाज्ञापछि काठमाडौं उपत्यकालगायत देशभर चलेका सार्वजनिक सवारी साधनहरुमा न्युन मात्रामा यात्रुहरु चढ्दा यातायात व्यवसायीहरु मर्कामा पर्न थालेका छन् ।

बुधबार काठमाडौंमा चल्ने विभिन्‍न रुटका बस, मिनि बस, माइक्रोबस र ट्याम्पोहरु प्रायः खाली-खाली चलिरहेका थिए । काठमाडौंमा विगत ६ बर्षदेखि ट्याम्पो चलाउँदै आएकी काभ्रेकी रमिला रानामगर भन्छिन् एक दिन कमाएर दुई दिन खानसम्म पुर्‍याउन धौ-धौ भएको दुखेसो सुनाउछिन् ।

उपत्यकामा जोर-बिजोरका आधार सवारीसाधन चलिरहेको अवस्थामा एक दिन कमाएर दुई दिन खर्च चलाउन पर्दा धेरै यातायात व्यवसायीहरु मर्कामा परेको  व्यवसायीहरुको गुनासो छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यता उपत्यकामा हरेक दिन कोरोनाको बढ्दो संक्रमणले सार्वजनिक यातायातहरुमा यात्रुहरु चढ्नै डराउने गरेको छन् । अतिआवश्यक कामबाहेक सार्वजनिक सवारी साधनमा चढ्नै डर लाग्‍ने गरेको यात्रुहरुले बताएका छन् ।

लामो समय कोरोना महामारीका कारण बन्द भएका यातायातका साधनका धेरै चालक र सहचालकको रोजिरोटी समेत खोसेको बस चालक हरिबहादुर डंगोल बताउछन् । 

Global Ime bank

अहिले बस सञ्‍चालन गर्दा लाग्‍ने खर्च उठाउनसमेत धौ-धौ परेको उनी बताउँछन् । यस्तै लामो समयसम्म चलिरहने हो भने व्यवसाय नै धरापमा पर्ने डंगोल बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC