site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धितोपत्र बोर्डले धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण गर्ने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ जारी गरेको छ । धितोपत्र व्यवसायीको जोखिम मुल्यांकनलाई थप व्यवस्थित गर्न उक्त म्यानुअल जारी गरेको बोर्डले जनाएको छ । 

“अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा ‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्) निवारण ऐन, २०६४’ र ‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३’ तथा नेपाल धितोपत्र बोर्डबाट जारी भएको ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन- २०७६’ मा भएको कानुनी व्यवस्थालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न म्यानुअल जारी गरेको हो,” बोर्डले भनेको छ ।  

Agni Group

सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास अनुरुप फाइनान्सियल एक्सन टास्क फोर्स तथा एशिया प्रशान्त समूह (एपिजी) को मापदण्डहरुलाई समेत आधार मानी म्यानुअल जारी गरेको बोर्डले जनाएको छ । धितोपत्र व्यवसायीहरुको जोखिममा आधारित रहेको तथा धितोपत्र व्यवसायीको संरचनागत तथा अन्तर्निहित जोखिम तथा जोखिम व्यवस्थापनलाई रेटिङ्ग स्केल १ देखि ५ को बीचमा गर्ने व्यवस्था म्युनअलमा  छ । 

धितोपत्र व्यवसायीको स्थलगत तथा गैर स्थलगत सुपरिवेक्षण गर्ने धितोपत्र व्यवसायीहरुहरुबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकन गर्ने बोर्ड जनाएको छ । 

Global Ime bank

धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकनबाट स्थलगत सुपरिवेक्षणको अवधी, क्षेत्र तथा मात्रा निर्धारण म्यानुआलमा गरिएको बोर्डले जारी गरेको प्रस विज्ञप्तिमा उल्लेख छ । 

धितोपत्र व्यवसायीहरुको जोखिम मूल्यांकन धितोपत्र व्यवसायीले प्रदान गर्ने वस्तु तथा सेवा, ग्राहकसम्बन्धी जोखिम, भौगोलिक क्षेत्रसम्बन्धी जोखिम, उच्च पदस्थ व्यक्तिसम्बन्धी जोखिम, वितरण माध्यमसम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनगत जोखिम र  धितोपत्र व्यवसायीको जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्थाका आधारमा गर्ने बोर्डले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC