site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आन्तरिक उडानको कोटा बढाइयो : बुद्धले दैनिक २९, यतिले १८ उडान गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले आन्तरिक हवाई उडानको कोटा बढाएको छ । यसअघि ५ असोजबाट उडान सुरु हुँदा १४ असोजसम्मको उडान तालिका नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको थियो । प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी उडान कोटा बढाएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

निजी हवाई सेवा प्रदायकहरुले यात्रुको चाप बढेको भन्दै उडान संख्या बढाउन आग्रह गर्दै आएका थिए । प्राधिकरणका अनुसार अब बुद्ध एयरले सबै भन्दा बढी दैनिक २९ वटा उडान गर्न पाउने छ । बुद्धले यसअघि दैनिक १८ वटा उडानको अनुमति पाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै यति एयरलाइन्सलाई दैनिक १९ वटा उडानको अनुमती दिइएको कम्पनीका प्रवक्ता सुर्दशन गर्तौलाले बताए । श्री एयरले १२, सिम्रिक एयर र सौर्य एयरले २÷२, तारा, समिट र सिता एयरले ४-४  उडानको अनुमति पाएका छन् ।

सिम्रिकको काठमाडौं-पोखरा दैनिक २ उडान रहेको छ । तारा एयरको काठमाडौंबाट लुक्ला दैनिक ३ उडान, फाप्लु हप्तामा ३ उडान गर्नेछ । यसैगरी सिता एयरले काठमाडौंबाट दैनिक ताप्लेजुङ २ उडान र लुक्ला दैनिक १ उडान गर्नेछ । समिट एयरले काठमाडौं–लुक्ला दैनिक २ उडान र जोमसोम हप्तामा ५ वटा उडान गर्नेछ ।

Global Ime bank

प्राधिकरणका अनुसार यो तालिका अक्टोबर महिनाभर लागु हुनेछ । परिस्थितिको अवस्था हेरि उडान थपघटको निर्णय हुन सक्ने प्राधिकरणले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC