site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कालोबजारी गर्नेलाई कारबाही गर्न महानगरको सिफारिस
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारबाही गर्न सिफारिस गरेको छ । महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ पसल भेटिएकाले ती पसललाई कारबाहीको सिफारिस गरेको हो । 

कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्‍ने गरेको गुनासो आएपछि अनुगमनमा गरेको महानगरले उपत्यकाभित्रका विभिन्‍न २२ वटा पसल सञ्‍चालकलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो । महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो । साथै, दाल चामललगायत ठूला खाद्यान्‍नका गोदाममा समेत अनुगमन गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी गरिएको अनुगमनका क्रममा महानगरपालिकाले १२९ मध्ये २६ वटा उपोभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराई व्यापारमा भएको कसुरका आधारमा कारबाही गर्न विभागलाई लेखी पठाएको उपमेयर हरिप्रभा खड्कीले जानकारी दिइन् ।

उपमेयर खड्कीले अनुगमनका क्रममा म्याद गुज्रिएको सामान बेच्ने ११ वटा पसलबाट करिब ११ लाख रुपैयाँबराबरको सामान बरामद गरी नष्ट गरेको पनि बताइन् ‍ । यस्तै, खुद्रा व्यापार गर्ने ७३ पसललाई सात दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन दिएकोसमेत उनले बताइन् ।

Global Ime bank

उपमेयर खड्कीले २२ दिनको अवधिमा मूल्य र गुणस्तरमा उपभोक्ता ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका दुई र बल्खु तरकारी तथा फलफूल बजारका दुई गरी चार व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको पनि बताइन् । 

उनीहरुले ४६ रुपैयाँमा खरिद गरेको प्याज कृत्रिम अभाव सिर्जना गरी १३० रुपैयाँमा बिक्री गरेको उनले बताइन् । प्याजमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए । उनीहरुबाट बरामद गरिएको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत प्रतिकेजी ६० रुपयाँको प्रतिव्यक्ति ३ किलोसम्म खरिद गर्न पाउने गरी बिक्री गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC