site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोडल डोमिनेटेड म्युजिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो समय गायक-गायिकालाई भिडियोले ओझेलमा पार्न थालेको छ । युट्युब प्रयोगकर्ता बढेसँगै गीतको भिडियो करिब बनाउनैपर्ने र बजारमा चलेका मोडल तथा नायक नायिका राख्‍ने लहर चलेको छ । मोडल तथा नायक-नायिकाको स्टारडमले थिच्दा गायक-गायिका ओझेलमा परेको संगीतकर्मीहरू नै बताउँछन् ।

गीत कुन गायक-गायिकाको भन्दा पनि कुन मोडलको भन्‍ने अवस्था बजारमा रहेको छ । म्युजिक भिडियो निर्देशक निकेश खड्का गीतभन्दा पनि भिडियो चल्ने गरेको बताउँछन् । “गीत चले पनि भिडियो चले पनि फाइदा लगानी गर्नेलाई नै हो,” निकेश भन्छन्, “भिडियो रिकगनाइज होस् भनेर भिडियोमा सकेसम्म चिनिएका कलाकार राख्‍ने चलन बढेको छ ।” 

ठूला कलाकार राख्दा ट्रेन्डिङमा आउने लोभले लगानी गर्ने व्यक्तिले कलाकार चयन गर्ने गरेको उनको भनाइ छ । स्टारडम प्रयोग गर्दा गीत नोटिस गराउन सजिलो हुने गरेकाले बजारमा मन पराइएका कलाकारलाई भिडियोमा राख्‍ने गरिएको निकेश बताउँछन् । तर प्रत्यक्ष-अप्रत्यक्ष गायक-गायिकाको पहिचान र लोकप्रियतामा यसले प्रभाव पारिरहेको छ । 

Agni Group

“रचनाकारहरूको बीचमा रचनाकारको गीत भनिन्छ । संगीतकारहरूको माझमा फलानाको गीत, एरेन्जरको बीचमा एरेन्जरको गीत भनेर चिनिन्छि । गायक-गायिकाहरूको बीचमा गायक-गायिकाको भनेर नै चिनिन्छ,” आ-आफ्नो समूहमा जसले जेसँग सरोकार राख्छ उसलाई त्यसैमा चासो हुने भन्दै गायक हेमन्त शर्मा भन्छन्, “समग्रमा जो चर्चामा छ उसको छायामा स्वाभाविक रुपमा अरु पर्छन् ।” म्युजिक भिडियोमा अभिनय गर्ने मोडल गीत गाउनेभन्दा लोकप्रिय छ र यसका फ्यान फलोअर्स बढी भएको अवस्थामा गायक-गायिका उसको छायामा पर्छन् ।

यद्यपि व्यक्तित्व र सिर्जना बलियो भएको अवस्थामा भिडियोको मोडलभन्दा गीत गाउने गायक वा गायिका कै चर्चा हुने हेमन्त बताउँछन् । यही त्रासले भिडियोको अन्तिम तथा बीचबीचमा पनि गायक-गायिका पनि देखिने गरेका छन् भने कति आफैं अभिनय गर्छन् ।

Global Ime bank

गायक युवराज चौलागाईं भिडियोको थम बेलमा मोडलको ठूलो तस्बिर र नाम तथा प्रिन्टलाइनमा पनि उनीहरूकै नाम सुरुमा लेख्दा आम सर्वसाधारणलाई गायक-गायिकाभन्दा पनि मोडलकै गीत भन्‍ने लाग्‍ने गरेको बताउँछन् । यसले सामान्य दर्शक तथा स्रोताले गायक-गायिकाभन्दा पनि मोडललाई नै नोटिस गर्ने उनको बुझाइ छ । यसले गीतमा गायक-गायिका नै ‘माइनस’ हुने गरेको युवराज बताउँछन् ।

“व्यावसायिक रुपमा सोचेर बजारमा धेरैले चिनेका कलाकारलाई लिने सोच हो अथवा कालजयी गीत गाएर सांगीतिक क्षेत्रमा नाम लेखाउने हो भन्‍ने कुराले अर्थ राख्छ,” युवराज भन्छन्, “अहिले सांगीतिक क्षेत्र अति कमर्सियल बाटोमा हिँडिरहेको छ । गीत लेख्दै कम्पोज गर्दै चल्ने गीत चाहियो है भन्‍ने गरिन्छ । यस्ता गीतमा बजारमा रुचाइएका नायक-नायिका लिने गरेको देखिन्छ ।

सांगीतिक क्षेत्रमा आफ्नो नाम लामो समयका लागि दर्ज गर्छु भन्‍ने उद्देश्य भएको अवस्थामा स्टारडम भएका मोडल आवश्यक नरहेको उनी बताउँछन् । आत्म विश्वास उच्च र सिर्जना राम्रो छ भने भिडियोमा स्टार नै चाहिन्छ भन्नेमा युवराज विश्वास गर्दैनन् ।

गायिका आस्था राउत कति गायक-गायिकाले आफ्नो भिडियोमा बजारका रोजाइका नायक-नायिकालाई अभिनय गराउँदा उनीहरू स्वयं ओझेलमा परिरहेको बताउँछन् । बजारमा गीत हिट हुने तर गाउने को हो भन्ने स्रोता तथा दर्शकलाई थाहा नहुने गरेको उनको भनाइ छ ।

“गीतको भिडियोको भ्युज युट्युबमा मिलियन्स मिलियन्स गइरहेको हुन्छ । बजारमा गीत धेरैको जिब्रोमा पनि हुन्छ । तर त्यो गीत गाउने गायक-गायिका को हो अधिकांश स्रोता दर्शकलाई थाहा हुँदैन,” आस्था भन्छिन्, “भिडियोले गायकीलाई छायामा परेको छ । गीतको भिडियोको स्टेप-स्टेप दर्शकलाई थाहा हुन्छ । तर गायक-गायिका थाहा हुँदैन । आफ्नो गीतलाई ओझेलमा पार्ने गरी व्यावसायिकताचाहिँ खोज्नु हुँदैन ।” 

पछिल्लो समय सिंगल ट्रयाकमा युट्युबमा गीत रिलिज हुन थालेपछि महँगो पारिश्रमिक तिरेर भिडियो बनाउने चलन छ । पल शाह, नाजिर हुसेन, दयाहाङ राई, विपिन कार्की, आँचल शर्मा, वर्षा राउत, स्वस्तिमा खड्कालगायत नायक-नायिकालाई महँगो पारिश्रमिक तिरेर आफ्नो गीतको भिडियोमा अभिनय गरााउने गरेको पाइन्छ । 

रजतपटका चलेका कलाकारले अभिनय गरेका व्यावसायिक गीतको भिडियो फलानो गायक-गायिकाभन्दा पनि पल र आँचलको गीत, दयाहाङ र नाजिरको गीत भन्‍ने गरेको निर्देशक निकेश खड्का स्वीकार्छन् । भिडियो बनाउने गायक-गायिका तथा लगानी गर्ने निर्माताहरूले नै कलाकार छनोट गर्ने खड्का बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC