site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
असोज १९ देखि तातोपानी नाका खोल्ने चीनसँग सहमति
Ghorahi CementGhorahi Cement

काठमाडौं । उत्तरी छिमेकी चीनसँगको सबैभन्दा पुरानो सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्‍चालनमा आउने भएको छ । 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लिउलिन नेतृत्वबीच आज मितेरी पुलमा भएको वार्तामा नाका खुलाउने सहमति भएको हो । नाका खुलाउन अर्थ मन्त्रालय, उद्योग मन्त्रालयले पनि ताकेता गरेका थिए ।  

Agni Group

प्रमुख जिल्ला अधिकारी ढकालले असोज १८ गते (अक्टोबर ४ तारेख) देखि उनीहरुले काम थाल्ने र ५ तारिखमा हाम्रो भन्सारमा सामान आउने सहमती भएको बताए ।

नाका खोल्ने विषयमा सहमति भएको ढकालले बताए । “चिनियाँ पक्षले सेप्टेम्बर ४ तारेखसम्म आफनो तयारी पूरा गर्छन् र ५ तारेखमा हाम्रोमा सामान आइपुग्छ” उनले भने ।

Global Ime bank

प्रजिअ ढकालका अनुसार सामान लोड अनलोड गर्न कर्मचारीको पीसीआर रिपोर्ट दिनुपर्छ । “हामीले पीसीआर रिर्पोट दिएपछि उनीहरुले पनि पीसीआर गर्छन्” उनले भने, “श्रमिकको हरेक ५÷५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति भएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC