site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुपथ मूल्य पसल बिहीबारदेखि, नुनमा २ रुपैयाँ छुट, चिनीमा ५
Sarbottam CementSarbottam Cement

काठमाडौं । यो वर्षको चाडपर्वलक्षित सुपथ मूल्य पसल बिहीबारबाट सञ्चालनमा आउने भएका छन् । खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीले साल्ट ट्रेडिङ कर्पोरेसन तथा दुग्ध विकास संस्थानसँगको सहकार्यमा देशभरका विभिन्न स्थानमा पसल सञ्चालन गर्ने भएको हो ।

सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसल मंसिर ६ गतेसम्म जारी रहनेछन् । कुनकुन स्थानमा पसल खुल्ने भन्‍ने अझै टुंगो लागिसकेको छैन । खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीले आपूर्ति मन्त्रालयलाई पसल खोल्ने र मूल्य छुट सम्बन्धी प्रस्ताव पठाएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले बाह्रखरीलाई जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सुवेदीका अनुसार सुपथ पसलका साझेदारहरुअनुसार फरक मूल्य मन्त्रालयमा प्रस्ताव गरिएको छ । सो सुझाव मन्त्रालयले स्वीकृत गरे साल्ट ट्रेडिङले बेच्‍ने नुनमा बजार मूल्यमा २ रुपैयाँ तथा चिनीमा ५ रुपैयाँ छुट पाइनेछ । यस्तै खाद्य कम्पनीले बेच्ने चामलमा ५ रुपैयाँ तथा सिमी–मासलगायत मासमा १० रुपैयाँ छुट सर्वसाधारणले पाउनेछन् ।

सरकारी कम्पनी खाद्यले हरेक वर्ष देशका विभिन्न स्थानमा हरेक वर्ष चाडपर्वको अवसरमा सुपथ मूल्य सञ्चालन गर्ने गर्छ ।

Global Ime bank

प्राप्त जानकारी अनुसार राजधानीमा खाद्यले ५, साल्ट ट्रेडिङले ५ र दुग्ध विकास संस्थानले ३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । गत वर्ष राजधानीमा ३ घुम्ती पसलसँगै देशभर ७३ सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो ।

यो वर्ष कोभिड–१९ संक्रमण जोखिम कम हुनेगरी स्वास्थ्य सुरक्षा अपनाएर सुपथ मूल्य पसल सञ्चालन हुने बताइएको छ ।

चाडपर्व लक्षित गरेर व्यापारीले भित्र्याए ४७ हजार टन चिनी

साल्ट ट्रेडिङको आगत चिनीले दसैं टर्ने  !

यसपालि दसैंमा खसीबोकाको मूल्य नबढ्ने

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC