site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 बैंकका ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलोपटक कार्यविधि, उच्चस्तरीय समितिको व्यवस्था 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकको गुनासो सुन्‍ने कार्यविधि बनाएर लागु गरेको छ । केन्द्रीय बैंकको नियमन विभागले सोमबार उक्त कार्यविधि जारी गर्दै लागु गरेको छ । 

केन्द्रीय बैंकले वित्तीय ग्राहकको गुनासो सुनुवाइ गर्न एक उच्चस्तरीय समितिको व्यवस्था गर्दै पहिलोपटक कार्यविधि जारी गरेको हो । वित्तीय ग्रहकको हित संरक्षण तथा समान व्यवहारको लागि ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि - २०७७’ लागु गरेको केन्द्रीय बैंकले जनाएको छ । 

Agni Group

“बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन- २०७३ को दफा ११८ को उद्देश्य पूर्ति गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र-अनुमति प्राप्त गरी वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्‍न प्रकारका संस्था-एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ मूल्य र मान्यता एवं नीति निर्देशनको अधिनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने-गराउने कार्यको सुनिश्चितताको लागि गुनासो व्यवस्थापनमार्फत वित्तीय ग्राहकको हित संरक्षण गर्न वाञ्छनीय भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि बनाइ लागु गरिएको छ,” राष्ट्र बैंकको उक्त कार्यविधिमा भनेको छ । 

उक्त कार्यविधिले राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर संयोजक रहेको गुनासो व्यवस्थापन समिति समेत गठन गरेको छ । समितिमा दोस्रो डेपुटी गभर्नर,  राष्ट्र बैंककै नियमन र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक, अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सहसचिव, तथा नेपाल बैंकर्स संघ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सदस्य रहने कार्यविधिमा उल्लेख छ । 

Global Ime bank

समितिको सदस्य सचिवमा राष्ट्र बैंक नियमन विभागका निर्देशक हुने व्यवस्था गरिएको छ । उक्त समितिमा हुने गुनासो प्रकृति-विषयका आधारमा सम्बन्धित विभाग तथा निकायबाट बढीमा ४ जना विज्ञलाई बैंठकमा आमन्त्रण गर्न सकिने उल्लेख छ । 

कार्यविधिले वित्तीय ग्राहक संरक्षण इकाइसमेत गठन गर्ने भएको छ । उक्त इकाइ बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग अन्तर्गत रहने र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकले आवश्यकताअनुसार कर्मचारीको व्यवस्थापन गर्ने कार्यविधिमा उल्लेख छ । इकाइको नेतृत्व समितिको सदस्य सचिवको रुपमा काम गर्ने बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशकले गर्नेछ ।

कार्यविधिमा कस्ता विषयमा गुनोसो गर्ने तथा गुनासोको लागि निवेदन पेश गर्ने लगायतका प्रक्रियासमेत उल्लेख गरिएको छ । यस्तै  समितिले गुनासोको सुनुवाई गर्ने प्रक्रियाको समेत कार्यविधिमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC