site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
२४ घण्टामा एक हजार ३५१ कोरोना संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ३५१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३५१ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । 

पछिल्लो २४ घण्टामा ७४२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५४ हजार ६४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव १ प्रतिशत रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १०  हजार ८० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ९८ हजार ४०७ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ८ हजार ६९५ जना र होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन् । आजसम्म देशभर ६  हजार ३१० जना क्‍वारेन्टिनमा रहेका छन् । 

Global Ime bank

देशभर ३१ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । 

यससँगै कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । 

शनिबार देशभर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो । 

आइतबार देशभर एक हजार ५७३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ८८५ जना डिस्चार्ज भएका थिए । आइतबार नै देशभर १० जनाको मृत्यु भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC