site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
होटेल खुले, छैनन् पाहुना !
Sarbottam CementSarbottam Cement

बर्दिया । पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै ठाकुरद्वारामा रहेका अधिकांश होटेल सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार देखिएका छन् । लामो समयदेखि बन्द रहेका यस क्षेत्रका होटेलले व्यवसाय सञ्चालनका लागि सरसफाइ र मर्मत सम्भारको कामलाई तीव्रता दिएका छन् । 

बन्द रहेका होटेलका ढोका खुलेसँगै यस क्षेत्रमा चहलपहल पनि बढेको छ । बन्दाबन्दीका कारण घर गएका धेरै जसो होटेलका कर्मचारी तथा मजदुर काममा फर्किइ सकेका छन् । दैनिक १०० देखि १५० जनासम्म आन्तरिक तथा बाह्य पर्यटक आउने ठाकुरद्वारा क्षेत्रका होटेल कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यहाँ रहेका अधिकांश होटेल तथा रिसोर्टले सरसफाइ र मर्मत सम्भारको काम सकिसकेको गैँडा क्याम्प रिसोर्टका सञ्चालक रामजी थापाले जानकारी दिए । उनले भने, “ होटेलको सरसफाइको काम सकियो, घर गएका होटेल कर्मचारी तथा मजदुरलाई काममा बोलाइयो, तयारी सबै पूरा भयो, तर पाहुनाको पर्खाइमा छौँ ।”

ठाकुरद्वारा क्षेत्रका होटेल तथा रिसोर्ट सञ्चालकको संस्था पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै होटेल सञ्चालनमा आएको जानकारी दिए । उनले भने, “होटेल तथा रिसोर्ट चिटिक्क पारेका छौँ तर होटेलमा बस्ने पाहुना छैनन् ।”

Global Ime bank

पछिल्ला वर्षमा ठाकुरद्वारा क्षेत्रमा होटेल तथा रिसोर्टमा लगानी गर्ने क्रम बढ्दो छ । यस क्षेत्रमा पर्यटक लक्षित २९ सुविधासम्पन्न होटेल तथा रिसोर्ट सञ्चालनमा रहेका छन् । ती होटेल तथा रिसोर्टमा साढे रु तीन अर्ब बढीको लगानी रहेको छ ।  -रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC