site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विवादित भूभागको विषयमा तनाव : अर्मेनियाले खसाल्यो अजरबैजानको एक हेलिकोप्टर 
Sarbottam CementSarbottam Cement

अर्मेनिया । विवादित भूभाग नागोर्नो-कारबखको विषयमा तनाव बढ्दै गएपछि अर्मेनियाले अजरबैजानको एक सैन्य हेलिकोप्टर खसालेको छ । 

अर्मेनियाले अजरबैजानले हवाई र सैन्य आक्रमण सुरु गरेपछि त्यसको प्रतिकार गरेको बताएको छ । त्यसैगरी अर्मेनियाले मार्सल कानुनको घोषणा गर्दै पूर्ण सैन्य परिचालन गरेको छ । 

अजरबैजानले अर्मेनियाले आक्रमण सुरु गरेपछि त्यसको प्रतिकार गरिरहेको बताएको छ । दुबैतर्फका सर्वसाधारणकोसमेत मृत्यु भएको बीबीसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लामो समयदेखिको दुई मुलुकबीचको विवाद पछिल्लो समय थप बढ्दै गएको हो । 

रुसी विदेश मन्त्रालयले दुबै मुलुकलाई तत्काल युद्ध विराम गरेर वार्तमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ । 

Global Ime bank

सन् १९९१ अघि दुबै अर्मेनिया र अजरबैजान दुबै सोभियत युनियनका हिस्सा थिए । चार दशकदेखि दुबै मुलुकबीच नागोर्नो-काराबख क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको क्षेत्र भन्दै पहिचान गरिएको थियो  । तर, उक्त क्षेत्रमा अर्मेनियाले आफ्नो नियन्त्रण कायम राखेको थियो । 

यसअघि जुलाईमा भएको हिंसात्मक झडपमा १६ जनाको मृत्यु भएको थियो । 

दुबै मुलुकले के भने ?

अर्मेनियाको रक्षा मन्त्रालयले अजरबैजानका दुई हेलिकोप्टर, तीन ड्रोन र तीन ट्यांकलाई ध्वस्त पारेको दाबी गरेको छ । यसको सम्पूर्ण जिम्मेवारी अजरबैजानले लिनुपर्ने अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ । 

यद्पि अजरबैजानले भने अर्मेनियाले आक्रमण सुरु गरेपछि काउन्टर-अट्याक गरेको बताएको छ । अजरबैजानको रक्षा मन्त्रालयले अर्मेनियाले गरेको आक्रमणमा थुप्रै सर्वसाधारणको मृत्यु भएको छ भने धेरै संरचनाहरु ध्वस्त भएको बताएको छ । 

त्यसैगरी आफ्नो एक हेलिकोप्टर पनि बेपत्ता भएको अजरबैजानले जनाएको छ । १२ अर्मेनियाका रक्षा प्रणाली ध्वस्त पारिदिएको अजरबैजानले दाबी गरेको छ । - बीबीसी


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC