site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वोच्च‍ अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेटलाई नियुक्तिका लागि ट्रम्पको प्रस्ताव
Ghorahi CementGhorahi Cement

वाशिङ्टन । संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि एमी कोनी ब्यारेटलाई नियुक्त गर्ने प्रस्ताव गरेका छन् । 

सोसल कन्जरभेटिककी प्रिय एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्तिका लागि मनोनित गरेका हुन् । ह्वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई 'अतुलनीय उपलब्धी हासिल गर्ने' महिलाका रुपमा परिभाषित गरेका छन् । 

माथिल्लो सदन सिनेटमा हुने सुनुवाईले उनको नाम पारित गरेमा एमीले सर्वोच्च अदालतमा ८७ वर्षको उमेरमा दिवंगत भएकी न्यायाधीश गिन्सबर्गको स्थान लिने छिन् । 

Agni Group

ट्रम्पले शनिबार राष्ट्रपति ट्रम्पले न्यायाधीशमा उनको नाम प्रस्ताव गर्दै 'संविधानप्रति निष्ठावान र बफादार' भएको एक 'अतुलनीय विद्वान र न्यायाधीश' भनेर वर्णन गरे ।

डेमोक्रेटहरुले निर्वाचन अघि खाली भएको न्यायाधीशको नियुक्ति चुनावपछि मात्रै हुनुपर्ने बताउँदै आएका छन् । चार वर्षअघि चुनावभन्दा १० महिनाअघि नै खाली भएको पदमा नियुक्ति गर्न खोज्दा  पनि सिनेटमा रिपब्लिकन नेताहरुले चुनाव वर्षमा नियुक्त गर्न नहुने भन्दै रोकेका थिए ।

Global Ime bank

अहिले भने तिनै रिपब्लिकन पार्टीका राष्ट्रपति ट्रम्पले जति सक्दो चाँडो सुनुवाइ प्रक्रिया सकेर नियुक्ति प्रक्रिया पूरा गर्ने बताइरहेका छन् । माथिल्लो सिनेटमा रिपब्लिकनको बहुमत छ । प्रस्तावित न्यायाधीशको नाम पास गर्नका लागि सामान्य बहुमत भए पुग्छ ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । डेमोक्रेटिक उमेदवार जो बाइडेनले सिनेटले अमेरिकी जनताले आफ्नो नयाँ राष्ट्रपति चयन नगरेसम्म रिक्त न्यायाधीश पदका लागि हुने नियुक्ति प्रक्रिया सुरु नगर्न आग्रह गरेका छन् ।

संविधानले जनतालाई अदालतमा को न्यायाधीश बन्‍ने भन्‍ने निर्यण गर्ने अधिकार दिएकाले त्यसको सम्मान गरिनु पर्ने  बाइडेन बताएका छन् ।

एमी नियुक्त भएमा अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६-३ को बहुमत हुन्छ । ४८ वर्षकी एमी नियुक्त भएमा ट्रम्पले सर्वोच्चमा नियुक्त गरेको तेस्रो न्यायाधीश हुने छन् । अमेरिकाको संविधान अनुसार सर्वोच्च अदालतमा न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् । उनीहरुको फैसलाले बन्दुकदेखि मताधिकार, गर्भपतनसहितका सार्वजनिक जीवनका सबै पक्षमा प्रभाव राख्छ ।

पछिल्लो समय अदालतले ५० वटै राज्यमा समलिंगी विवाह गर्न पाउने अनुमति दिएको थियो । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC