site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

संवैधानिक परिषद्को गरिमा यसरी नै खत्तम बनाउने हो भने यो निकाय खारेजै गरिदिए हुन्छ । नेपालको संविधान, २०७२ को धारा २८४मा  संवैधानिक परिषद्सम्बन्धी प्रावधान रहेको छ । त्यसको उपधारा (१) मा ‘‘यस संविधानबमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न’’ संवैधानिक परिषद् रहने उल्लेख गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता, प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था छ । परिषद्को संरचनाबाट संविधान निर्माताले यसलाई दिएको महत्त्व स्पष्ट हुन्छ । विडम्बना, संविधान निर्माताहरू सत्तामा पुग्नेबित्तिकै कार्यान्वयनका क्रममा परिषद्को मर्यादा उल्लंघन गर्दैआएका छन् । 

देशको सर्वोच्च विधायिका, कार्यपालिका, न्यायपालिकाका प्रमुखका साथै प्रतिनिधि सभामा विपक्षी दलको नेतासमेत सदस्य रहने संवैधानिक परिषद्लाई सत्तारुढ दलका नेताहरूले आफू मातहतको संस्थाजस्तो ठाने । विपक्षले त्यसको जोडदार प्रतिवाद गरेर संविधानको मर्यादा राख्नुको साटो एकातिर विरोध गरेजस्तो गर्ने र अर्कातिर भागबिलो खोज्ने पाखण्ड देखाएको जनविश्वास छ । संवैधानिक परिषद्का अध्यक्ष रहने प्रधानमन्त्री यसको गरिमा रक्षाका लागि गम्भीर हुनुपर्ने हो । तर, प्रधानमन्त्री केपी शर्मा ओली त सकेसम्म यसको स्वतन्त्र अस्तित्व नै सिध्याउने पक्षमा देखिए । केही महिना पहिले राष्ट्रपतिबाट जारी गराएर लगत्तै फिर्ता लिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमै प्रधानमन्त्री ओलीको कुनियत प्रकट भयो । यस्तो अवस्थामा संवैधानिक परिषद्को सिफारिसमा संवैधानिक निकायमा नियुक्त हुन स्वाभिमानी र इमानदार व्यक्ति कोही पनि तयार हुनसक्ने देखिँदैन । 
  
संवैधानिक परिषद्लाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मातहत निकायजस्तो देखाएर अस्मितामै प्रहार गर्दा पनि परिषद्का सदस्य र प्रतिनिधि सभामा विपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मौन भने रहस्यपूर्ण देखिन्छ । संविधान र लोकतन्त्रकै मूल मर्ममा प्रहार गरिँदा विपक्षी दलले सामान्य विज्ञप्ति जारी गरेर पुग्दैन थियो । यसले प्रधानमन्त्री ओलीले केही थान संवैधानिक नियुक्ति कृपा गरेकाले विपक्षी नेता देउवा चुप लागेका हुन् भन्ने सन्देह नै पुष्टि हुन्छ । संवैधानिक परिषद्लाई पार्टी सचिवालय मातहत देखाउन वा राख्न खोज्ने नेकपाका नेताहरूको एकदलीय अधिनायकवादी प्रवृत्ति स्वीकार्य छैन भने प्रधान न्यायाधीशले पनि विरोध जनाउनु आवश्यक देखिन्छ । संविधानको रक्षा गरेमात्र संविधानले पनि रक्षा गर्न सक्छ । संविधानको मर्यादा यसरी नै स्खलित भइरहने हो भने कुनै निकायको पनि गरिमा रहनेछैन । विपक्षलाई भागबिलो भए पुग्ने र सत्ता पक्षले पार्टी सचिवालय मातहत राख्न खोज्ने हो भने संवैधानिक परिषद् खारेज गरिदिए हुन्छ ।      
 


  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC