site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

नेपालगन्जमा उपमहानगरपालिकाका उमेदवारहरू नेपालगन्जलाई ‘सद्भावको सहर’ बनाउने उद्घोष गरेका छन् । मध्य तथा सुदूरपश्चिमको प्रमुख व्यापारिक तथा आवागमनको केन्द्र नेपालगन्ज जातीय, धार्मिक र सांस्कृतिक विविधताको सहर हो । यसैले त्यहाँ बेलाबखत सानातिना कारणले पनि धार्मिक वा जातीय मुठभेड हुने गर्छ । भनिरहनु परोइन यस्ता साम्प्रदायिक दंगाहरूमा सास्ती पाउने र क्षति बेहोर्ने दंगामा कुनै सरोकार नभएका सर्वसाधारण जनता हुन्छन् । यसैले सद्भावना र शान्तिको मूल्य पनि तिनैले बुझेका हुन्छन् । अहिलेका उमेदवारहरूले त तिनै जनसाधारणको भावना मुखरित गरेका हुन् ।

शान्ति र सद्भाव बढाउन विभिन्न सामाजिक तथा सांस्कृतिक उपायहरू स्थानीय स्तरमा आयोजना गर्न सकिन्छ । तर, नगरको भावि नेतृत्वकर्ताहरूले नै सद्भावको महत्त्व बुझेर प्राथमिकता दिएका हुन् भने त्यो झन् बढी महत्त्वपूर्ण विषय हो । नेपालका सबै सहरहरू जाति, धर्म, भाषा, सम्प्रदायगत विविधता पाइन्छ । कुनै समुदाय विशेषको प्रभुत्व बिरलै भेटिन्छ । यसले सामाजिक द्वन्द्वको जोखिम त बढाएको छ तर सद्भाव र सहजीवनलाई अपरिहार्य पनि बनाएको छ । कुनै पनि सहरमा कसैले कुनै जाति, धर्म र संस्कृतिप्रति विद्वेष राख्न वा पैmलाउन सहज छैन । सामाजिक सद्भाव यथार्थमा नेपालका पहाडी वा मधेसी, हिन्दु वा मुसलमान सबैको साझा धरोहर हो ।

Agni Group


नेपाल संघीयतामा जानु सही भयो कि भएन भन्ने निष्कर्ष केही वर्षपछिमात्र निकाल्न सकिन्छ । अहिले संघीयतामा जाने प्रक्रियाका बारेमा बाहेक त्यसको पक्षविपक्षमा टिप्पणी गर्नु पूर्वाग्रहमात्र हुन्छ । तर, संघीयताका लागि भएको आन्दोलनले लामो समयदेखि नेपाली समाजमा रहेको साम्प्रदायिक सद्भाव खलबल्याएको कटु यथार्थ भने स्वीकार गर्नुपर्छ । विशेषगरी पहिलो मधेस आन्दोलनताका तराईमा पुस्तौँदेखि बस्दै आएका पहाडी मूलका बासिन्दासमेत घरबार छाडेर सुरक्षित ठाउँतिर बसाइँ सरेका थिए । कतिपयले बन्दव्यापार र उद्योगधन्दासमेत सधैँका बन्द गरेर हिँडे । धनको माया लाग्छ तर जीवन धनभन्दा धेरै गुणा प्यारो हुँदोरहेछ । तराई मूलका नागरिकको लडाइँ राज्यसँग थियो तर चपेटामा भने मधेसी र पहाडी मूलका सर्वसाधारण जनता परे । यसले कताकता पहाडी र मधेसीका बीचमा सधैँका लागि विद्वेष त जन्माएन भन्ने सन्देह उत्पन्न गरेको थियो । तर, पछिल्ला मधेस आन्दोलनमा पहाडी मूलका तराइ वासीविरुद्ध लक्षित क्रियाकलाप भएनन् । हुँदाहुँदा जनकपुरमा पहाडी मूलका पुराना बासिन्दालाई फर्काउन मधेसी युवाले अभियान चलाएको समेत समाचार आएको छ ।


पहाडमा त झनै आश्चर्यजनक सहिष्णुता र सद्भाव देखियो । मधेस आन्दोलनका कुनै पनि ज्यादतीविरुद्ध काठमाडौंलगायतका सहरमा प्रतिरोध वा प्रतिवाद देखिएन । नेपालको कुभलो चाहनेहरू सायद यस प्रकारको सद्भाव र सहिष्णुताबाट निराश पनि भए होलान् । यद्यपि, राजनीतिक दलका नेताहरूले भने बेलाबखत विद्वेष चर्काउने मन्तव्य र अभिव्यक्ति दिँदैआएका छन् । कैलालीको टीकापुरमा केही मधेसी नेताले उत्तेजक भाषण गरेलगत्तै भएको नरसंहार यसको एउटा उदाहरण हो । तर, नेताहरूले जति नै चाहे पनि तराईमा पहाडी मूलका बासिन्दाप्रति स्नेह र सद्भाव सकिएको छैन । नेपालगन्ज उपमहानगरपालिकाका उमेदवारहरू सबैले सद्भावलाई साझा कार्यसूची बनाउनु यसैको उदाहरण त हो । यही सद्भावले नेपालको भौगोलिक र सामाजिक अखण्डताको रक्षा गर्छ । स्नेह र सद्भावको यही धागोले नेपाली राष्ट्रियता कसिलो बनाउँछ । यसैले नेपालको अखण्डता र एकतामा वैरीले जति नै आँखा लगाए पनि आँच आउनसक्तैन । नेपाली समाजको सबैभन्दा ठूलो निधि यही सामाजिक सद्भाव हो । यसलाई बचाएर राख्न सकुन्जेल नेपालको राष्ट्रियता डगमगाउनेछैन ।

Global Ime bank

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ६, २०७४  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC