site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाविरुद्धको खोप आएपनि मृतकको संख्या २० लाख पुग्‍ने प्रबल सम्भावना : डब्लूएचओ
Sarbottam CementSarbottam Cement

जेनेभा । खोप आइसकेपछि पनि कोरोना भाइरसका कारण विश्वव्यापी मृत्यु हुनेको सङ्ख्या २० लाख पुग्ने प्रबल सम्भावना रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । खोप निर्माण भएपनि त्यसलाई सर्वत्र रुपमा उपलब्ध गराउन र यसको व्यापक प्रयोग हुन समय लाग्‍न सक्ने हुँदा मृतकको तथ्याङ्क सोचेभन्दा अझ बढी हुन सक्ने डब्लूएचओका आपत्कालीन प्रमुख डाक्टर माइक रायनले बताएका हुन् । 

अहिलेसम्म डाटामा अमेरिका, भारत र ब्राजिलमा संक्रमित सङ्ख्या सबैभन्दा बढी रहेको रेकर्ड छ । यी तीन देशमा मात्र कोभिडका १ करोड ५० लाख बढी बिरामी रहेका छन् । तर केही समय यता युरोपमा पनि पुनः देशव्यापी लकडाउन जारी गर्नुपर्ने अवस्था आउने चेतावनी दिइएको छ । यस सम्बन्धी डाक्टर रायनले भनेका छन्, “समस्त रुपमा त्यो ठूलो क्षेत्रलाई हेर्दा बढ्दो संक्रमण दर चिन्ताजनक देखिन्छ । ” 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तोमा उनले युरोपेली राष्ट्रहरुलाई लकडाउन आवश्यक नपर्नेगरि आफूहरुले पर्याप्त कदम उठाइरहेको सम्बन्धी आफैँलाई प्रश्न गर्न सुझाव दिएका हुन् । परीक्षण, ट्रेसिङका कामहरु, क्वारेन्टिन व्यवस्थापन अनि सामाजिक दुरी राम्ररी कार्यन्वयन भएको छछैन भन्ने आफैले मूल्यांकन गर्न उनले आग्रह गरेका छन् । 

डब्लूएचओको हेडक्वाटर, जेनेभास्थिति सञ्‍चारकर्मीहरुसँग बोल्दै रायनले भनेका हुन्, “लकडाउन भनेको सबैको अन्तिम विकल्प हुनुपर्छ । तर अहिले, सेप्टेम्बरमा आएर फेरि हामी अन्तिम विकल्प अपनाउनुपर्ने स्थितिमा पुग्नु भनेको साँच्चै निराशाजनक खबर हुन्छ । ” अझैपनि मुलुकहरु महामारी नियन्त्रणका कदमहरु गम्भीरतापूर्वक अपनाए आगामी दिनहरुमा ठूलो क्षतिबाट जोगिन सक्ने उनले बताए । तर त्यसो नगर्ने हो भने, खोप सर्वत्र उपलब्ध हुनु अगाडि २० लाख मृत्युको प्रक्षेपण सम्भव रहेको उनले चेतावनी दिएका हुन् । 

Global Ime bank

उपचार विधिमा सुधार आउनुले पनि मृत्युको दर केही समय यता कम हुँदै गएको तर मृत्यु दरलाई २० लाख पार गर्न नदिन खोप र उपचार मात्र पर्याप्त नहुने उनले बताए । उनले थप भनेका छन्, “हामी आफैँ यसबारे विचार गर्न सक्छौं, के हामीले त्यो सङ्ख्यामा मानव क्षति रोक्न तयारी गरेका छौँ ? हामीले यो विषय गम्भीर भएर सक्दो कदम नउठाए, त्यो तथ्यांक कल्पना मात्र नगरेर, दुःखद् रुपमा अपनाउनुपर्ने दिन आउने प्रबल सम्भावना छ । ”

डब्लूएचओको बारम्बार आग्रहपछि विभिन्न देशहरुले सामाजिक दुरी लगायत केही नियमहरुमा कडाइ गर्न सुरु गरिसकेका छन् । जस्तै स्पेनमा सरकारले राजधानी मड्रिड वरपरका क्षेत्रमा आंशिक लकडाउन जारी गरेको छ जसले त्यहाँका १० लाख जनजीवन प्रभावित गरेको छ । यता फ्रान्सको दक्षिणतर्फ रहेको मारसेली शहरमा भने रेस्टुरेन्ट र बारका स्टाफहरुले शनिबार काम बन्द गर्न लगाइएकामा विरोध जनाइरहेका छन् । बेलायतमा पनि शुक्रबारदेखि केही क्षेत्रमा कडाइ गरिने घोषणा भएको छ । दैनिक संक्रमणको दर बढ्दै गएपछि त्यहाँ यस्तो कदम उठाइएको हो । 

यसको विपरित अमेरिकाका केही स्टेटमा चाहिँ देशव्यापी संक्रमण दर बढिरहँदा समेत व्यवसायहरु खुलाउन दिइएको छ । यसबारे अमेरिकाका संक्रमक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले संक्रमण दर पर्याप्त रुपमा कम नभएकाले अझैपनि अमेरिकामा पहिलो लहर अन्त्य भएको भन्न नसकिने बताएका हुन् । कोरोनाको दोस्रो लहर भन्दा पनि आफूहरु जाडोयामको चुनौतिका लागि तयार रहेको सुनिश्चित गर्न उनले जोड दिएका हुन् । 

पहिलोपटक चीनमा देखा परेदेखि कोभिड–१९ संक्रमणबाट विश्वभर झन्डै १० लाखको मृत्यु भइसकेको छ । र अझैपनि संक्रमण दर लगातार बढ्ने क्रम जारी छ जसबाट ३ करोड २० लाख बढी संक्रमित भइसकेका छन् । भाइरसलाई नियन्त्रणमा लिइसकेको घोषणा गरेका मुलुकहरु पनि पछिल्लो समय दोस्रो लहरको सामना गरिरहेका छन् । विशेषगरी युरोपका उत्तरी भेगतर्फ जाडोयाम नजिकिएसँगै बिरामीको दर फेरि बढ्न थालेको बताइएको छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC