site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

देश महामारीको संकटमा रहेको र अर्थव्यवस्था खस्केको बेलामा पनि सरकार सत्तारुढ दलका कार्यकर्ता पोस्नका लागि फजुलखर्च गर्न लागेको समाचार पत्याउन गाह्रो हुन्छ । खर्चको अभाव देखाएर पीसीआर परीक्षणको दायरा सीमित गर्ने सरकारले यसरी औचित्य र उपायदेयता नभएको काममा फजुल खर्च गर्छ भन्ने पत्याउन मुस्किल भएको हो । परन्तु, नेपाल सरकारले भने भूमिहीनहरूलाई जग्गा वितरण गर्ने नाममा देशका सबै जिल्लामा राजनीतिक नियुक्ति गरेर समिति गठन गर्न लागेको समाचार सार्वजनिक भएको छ । भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने भन्दै सरकारले केही महिना पहिले भूमि समस्या समाधान आयोग गठन गरेको थियो । अहिले त्यही आयोगअन्तर्गत देशका ७७ वटै जिल्लामा समिति गठन गर्न लागिएको बताइएको छ । समाचारअनुसार जिल्लाहरूमा गठन गरिने समितिमा केही पदेन सदस्य रहनेछन् भने अध्यक्ष, विज्ञ सदस्य र सदस्य गरी तीन जना राजनीतिक नियुक्ति गरिनेछ । 

स्पष्ट छ, राजनीतिक नियुक्ति सत्तारुढ दलकै कार्यकर्तामध्येबाट गरिने हो । अहिलेको प्राथमिकता पक्कै पनि कोभिड—१९ को संक्रमणपछि अस्तव्यस्त जनजीवनलाई पुरानै लयमा फर्काउनु हो । राज्यसँग भएको स्रोतसाधन सबै यसैमा लगाउनु उचित र आवश्यक हुन्छ । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले जनताको आवश्यकतालाई कहिल्यै प्राथमिकता दिएन । देशका ७७ जिल्लामा तीन जनाका दरले २३१ जना कार्यकर्ताको व्यवस्थापनलाई सरकारले प्राथमिकता दियो । भूमिहीनहरूका लागि जग्गा वितरण गर्ने नै सरकारको मनसाय भए यही संकटका बेला समिति गठन गर्नुपर्ने थिएन । स्थानीय तहले नै आआफ्ना क्षेत्रका भूमिहीनहरूलाई जग्गा वितरण गर्न सक्छन् । यसैले जिल्लाजिल्लामा मात्र हैन केन्द्रमा भूमिहीनका नाममा अलग्गै संरचना बनाउनुको औचित्य देखिँदैन ।  

भूमिहीनहरूको समस्याप्रति सरकार संवेदनशील हुन्थ्यो भने प्रदेश सरकार र स्थानीय तहलाई यसको जिम्मा दिनुपर्नेथियो । वास्तविक भूमिहीनको पहिचान त सम्बन्धित स्थानीय तहले नै सबैभन्दा राम्ररी गर्नसक्छन् । विगतमा जस्तै ‘हुकुमवासी’लाई सुकुमवासी भन्दै जग्गा उपलब्ध गराउने सरकारको मनसुवा भएमात्रै यस्तो कृत्रिम संयन्त्र आवश्यक होला । वास्तविक भूमिहीनलाई जग्गा दिनका लागि स्थानीय तहलाई जिम्मेवारी दिनु नै आवश्यक र उचित देखिन्छ । नेपालको संविधानले पनि तीन तहका सरकारलाई भूमिसम्बन्धी अधिकार दिएको छ । केन्द्रले यस्तो समिति बनाएर वितरण गरेको जमिनलाई प्रदेश सरकार वा स्थानीय तहले स्वीकार नगरेमा भूमिहीनहरू अर्को प्रपञ्चमा फस्नेछन् । यसैले कार्यकर्ता पोस्नेबाहेक अरू कुनै औचित्य र उपादेयता नभएका यस्ता समिति बनाउनु सही र सामयिक हुँदैन । अहिले कार्यकर्ता पोस्न ठूलो संख्यामा राजनीतिक नियुक्ति गर्नु महामारीले आक्रान्त जनताको उपहास हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC