site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न माग गरेको छ । कांग्रेसले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण रहस्यमा नराख्‍न सरकारलाई सचेत गराएको हो ।

हुम्लाको नाम्खामा चीनद्वारा नेपाली सीमा मिचिएको वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली हुम्ला सदरमुकाम सिमिकोट फर्किएको २४ घण्टा पुग्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि पनि स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय भएको कांग्रेसको भनाइ छ ।

“एकातर्फ परराष्ट्र मन्त्रालयको हतारोको टिप्पणी, सहायक प्रजिअलाई स्पष्टिकरण र अर्कातर्फ स्थलगत अध्ययनको विवरण समेत सार्वजनिक गर्न गरिएको ढिलाइले सीमा मिचिएको छैन भन्‍ने सरकारको धारणामाथि आशंका उब्जिएको छ, जुन स्वाभाविक हो,” प्रवक्ता विश्वप्रका शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC