site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विश्वभर कोभिड-१९ को प्रभाव बढ्दै जाँदा पनि २३ प्रतिशतले बढ्यो रेमिट्यान्स
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नै रेमिट्यान्स बढेको छ । कोभिड १९ ले गर्दा विश्वभर नै अर्थतन्त्र प्रभावित हुँदा पनि नेपालमा भित्रिने रेमिट्यान् भने बढेको हो । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को देशको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गर्दै साउन महिनामा ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिभन्दा २३ प्रतिशतले बढी हो । 

गत आर्थिक वर्षको पहिलो महिनामा ७५ अर्ब ४० करोड रेमिट्यान्स भित्रिएको थियो । नेपाली मुद्रामा मात्रै नभएर अमेरिकी डलरमा पनि रेमिट्यान्स १४.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाका कारण अवैधानिक संयन्त्र (हुन्डी) मार्फत आउने रेमिट्यान्स घटेका कारण वैधानिक संयन्त्र (बैंकिङ प्रणाली) मार्फत आउने रेमिट्यान्स बढेको राष्ट्र बैंक  स्रोतको बुझाइ छ । 

वैदेशिक रोजगारीमा जानेको संख्या शतप्रतिशत घट्यो 

Global Ime bank

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने करिब शतप्रतिशतले नै घटेको छ । 

विश्वभर कोभिड १९ को प्रभाव बढ्दै जाँदा सरकारले जारी वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिने प्रक्रिया रोक्दा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो । 

यस अवधिमा अन्तिम श्रम स्वीकृति लिएर जाने मात्रै नभएर पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ८०.० प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा 
यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स सँगै खुद ट्रान्सफर आय पनि २०.० प्रतिशतले वृद्धि भएको छ ।  यस अवधिमा खुद ट्रान्सफर आय १ खर्ब १ अर्ब ८७ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । गत आर्थिक वषको सोही अवधिमा यस्तो आय ८४ अर्ब ९३ करोड रहेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC