site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति किम जोङ उनले माफी मागे
Ghorahi CementGhorahi Cement

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागेका छन् ।

नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ-इनलाई पत्र पठाउँदै 'नहुनुपर्ने घटना घटेको भन्दै माफी मागेको' दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

Agni Group

एक ४७ वर्षीय दक्षिण कोरियाली अधिकारीलाई उत्तर कोरियाली सेनाले गोली हानी हत्या गरेपछि तेल खन्याएर आगो लगाएको सिओलले जनाएको छ । 

दशकौंपछि उत्तर कोरियामा एक दक्षिण कोरयियाली अधिकारी मारिएपछि आफ्ना नागरिक मारिएको विरोधमा दक्षिण कोरियामा चर्को आक्रोश बढेको हो । 

Global Ime bank

किम जोङ उनले राष्ट्रपतिलाई पत्र लेख्दै भनेका छन्, "नहुनु पर्ने घटना भएको म माफि माग्‍न चाहन्छु ।"

यस घटनाप्रति उत्तर कोरियाको पहिलो औपचारिक टिप्पणी हो । उत्तर कोरियाले उक्त घटनाको अनुसन्धानको नतिजाबारे पनि जानकारी गराएको छ । 

"ती व्यक्तिलाई १० पटक गोली हानिएपछि उनी उत्तर कोरियाली पानीमा खसेका थिए । त्यसपछि उनको पहिचान खुल्‍न नसकेपछि उत्तर कोरियाली सेनाहरु भागेका थिए," दक्षिण कोरियाली राष्ट्रिय सुरक्षाका निर्देशक सुह हुनले भने । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC