site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपाली राष्ट्रिय दैनिक नागरिकमा कार्यरत पत्रकारहरूको पाकेको तलब १५ दिनभित्र भुक्तानी हुनुपर्ने माग राखेर नागरिकमा कार्यरत पत्रकार सुविद गुरागाईँ असोज ५ गतेदेखि अनशनमा छन् । पहिलो चरणमा पाँच दिन अनशन गर्ने र त्यसपछि १५ दिनभित्र सबै पत्रकारको पाकेको तलब भुक्तान नदिइए आमरण अनशन गर्ने चेतावनी उनले दिएका छन् । पत्रकार महासंघलगायतले अनशनकारी गुरागाइँको समर्थन गरेका छन् । अनशनकारी गुरागाईँका मागमा सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने, पुरानो बाँकी बक्यौता चुक्ता गरी मासिक पारिश्रमिक नियमित दिनुपर्ने, श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्नुपर्ने, कोरोनाको बहानामा श्रमजीवीलाई दुःख दिन नहुने र छ महिना परीक्षणकाल पूरा गरेकालाई अनिवार्य स्थायी नियुक्ति पत्र दिनुपर्ने रहेका छन् । नागरिक दैनिककै अरू चार जना पत्रकार गुरागाईँको समर्थनमा धर्नामा बसेका छन् । 

पत्रकारले पाकेको तलब मागेर अनशन गर्नुपर्ने अवस्था सामान्य पक्कै होइन । किनभने नैतिक साहस र दृढ अठोट हुनेले मात्र अनशन गर्ने आँट गर्छन् । हुनत, यदाकदा सत्याग्रहीका विरुद्ध प्रतिकार गर्न सत्ता पक्षले उचालेका ‘अनशनकारी’ पनि देखिन्छन् तर तिनमा नैतिक शक्ति हुँदैन । त्यस्ता अनशनकारी छिटै हराउने गरेको उदाहरण विगतमा देखिएको छ । नागरिक दैनिकको व्यवस्थापनले अनशनकारी गुरागाईँको तलब भुक्तानी दिए पनि सहकर्मी सबैको पाकेको तलब दिनुपर्ने उनको माग कायमै रहेको जानकारी उनले दिएका छन् । गुरागाइँको सत्याग्रहले सञ्चार गृहको व्यवस्थापनका कारण मर्कामा परेका धेरै पत्रकारले आन्दोलनको तयारी गरेको समाचार आएको छ । सरकार र सञ्चार गृहको व्यवस्थापनले बेलैमा सुझबुझ नदेखाए स्थिति निकै कठिन हुनसक्ने देखिछ । 

कोभिड—१९ ले सञ्चार गृहहरू पनि पक्कै अप्ठेरोमा परेका होलान् । देशभर उद्योग व्यवसाय ठप्प भएपछि सञ्चार गृहको पनि आम्दानीको बाटो रोकिएको छ । तर, त्यसको समाधान आफ्नो सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारको जागिर खोसेर वा तलब नदिएर हुँदैन । अहिले पत्रकारलाई जागिरबाट हटाउने वा तलब नियमितरूपमा नदिनेमा आर्थिक स्थिति कमजोर भएका सञ्चार गृहमात्रै भने छैनन् । यसैबाट  पनि यो आर्थिक समस्यामात्र होइन भन्ने स्पष्ट हुन्छ । सञ्चार गृहको व्यवस्थापनले पत्रकारलाई अनौपचारिक क्षेत्रका कामदारजस्तै व्यवहार गर्दा यो समस्या उत्पन्न भएको देखिन्छ । यस्तै अवस्था निजी विद्यालयहरूमा पनि देखिएको छ । ठूला र धनी भनिएका निजी क्षेत्रका विद्यालयले पनि शिक्षकहरूलाई नियमित तलब नदिएर सताएको समाचार सार्वजनिक भइरहेका छन् । यसैले सञ्चार गृह र विद्यालयहरूका लागि कुनै सहुलियत चाहिने हो भने व्यवस्था मिलाउने अनि त्यहाँ कार्यरत पत्रकार वा शिक्षकको तलब र रोजगारी सुनिश्चित गर्न सरकार अग्रसर हुनुपर्छ । नागरिक दैनिकलगायत अरू सञ्चार गृहले बेलैमा आफ्ना कर्मचारीप्रति न्यायोचित व्यवहार गरून् ! परिवारभित्र बाहिरकाले हस्तक्षेप गर्ने अवस्था आउन नदिने जिम्मेवारी घरमूलीकै हो ।        
        
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  ०६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC