site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले भन्यो- पहिरोपीडितलाई राहत देऊ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा र पाल्पामा पहिरोमा परी जनधनको क्षति पुगेका परिवारलाई राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

कांग्रेसले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जा र पाल्पामा पहिरोमा परी जनधनको क्षति पुगेका परिवारलाई राहतको व्यवस्था मिलाउन, बेपत्ताको खोजी कार्य तीव्र बनाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार बिहान अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका १४, तमादीमा गएको पहिरोमा एकै परिवारका नौ जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।

यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४ मा एकजनाको मृत्यु, पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले घर पुरिदा पाँचजना बेपत्ता भएका छन् ।

Global Ime bank

त्यस्तै कपिलवस्तुको वनगाई-डोहोट सडक खण्डअन्तर्गत कोइली खोलामा पजेरो जिप खोलाले बगाउँदा एकजनाको मृत्यु र एकजना बेपत्ता भएका छन् ।

कांग्रेसले चारवटै घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको मुख्य-सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC