site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मुम्बईको पहिलो जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता टोली मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो । 

सेख जायद स्टेडियममा मुम्बई इन्डियन्स जितका लागि दिएको १९६ रनको लक्ष्य पछएको कोलकक्ताले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १४६ रन बनाउन सक्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

कोलकाताका लागि दिनेश कार्तिकले सर्वाधिक ३० रनको योगदान गरे । त्यस्तै प्याट कमिन्सले ३३ रन बनाउँदा नितिस रानाले २४, आइन मोर्गानले १६ तथा आन्द्रे रसेलले ११ रनको योगदान गरे । 

बलिङतर्फ कोलकक्ताका लागि जस्प्रित भुम्राहा, ट्रेन्ट बोल्ट, जेम्स पाटिन्सन, राहुल चहारले समान दुई–दुई विकेट लिए । त्यस्तै किरन पोलार्डले एक विकेट लिए । 

Global Ime bank

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । 

५४ बल खेलेका उनले ३ चौका र ६ छक्काको सहयोगमा ८० रन बनाएका हुन् । मुम्बईका लागि सुर्य कुमार यादवले ४७ रनको योगदान गरे । त्यस्तै सौरव तिवारीले २० रन बनाउँदा हार्दिक पाड्याले १८ रन बनाउदा पोलार्डले १३ रन बनाउन सफल भए । 

बलिङतर्फ कोलकक्ताका लागि शिभम मावीले दुई विकेट लिए । त्यस्तै कप्तान सुनिल नारायण र आन्द्रे रशेलले एक–एक विकेट लिए । पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग पाँच विकेटले पराजित भएको मुम्बईले पहिलो जित निकालेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ००:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC