site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेकपाका प्रदेशसभा सदस्य कँडेलले फिर्ता गरे सरकारी सेवा सुविधा
Ghorahi CementGhorahi Cement

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टीका नेता यामलाल कँडेलले प्रदेश सरकारले उपलब्ध गराएको सेवा–सुविधा फिर्ता गरेका छन् । 

उनले प्रदेश सरकारको निर्णय अनुसार पाएको सेवा–सुविधा फिर्ता गर्दै प्रदेशसभा सदस्यको हैसियतले पाउने सुविधा मात्र उपलब्ध गराउन माग गरेका छन् ।

Agni Group

“प्रदेश सरकारको २०७५ असार १६ गतेको निर्णय अनुसार सेवा–सुविधा लिइरहेकामा आर्थिक वर्ष २०७७ साउनदेखि प्रदेशसभा पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐन अनुसार मात्र सेवा–सुविधा उपलब्ध गराउन अनुरोध गर्दछु,” प्रदेशसभा सचिवालयमा  कँडेलले दर्ता गराएको पत्रमा उल्लेख छ । 

प्रदेश सरकारले पूर्व सङ्घीय मन्त्रीसमेत रहेका  कँडेललाई विपक्षी दलको नेता सरहको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । महालेखा परीक्षकको प्रतिवेदनले प्रदेशसभा सदस्य कँडेललाई कानुन विपरीत सेवा सुविधा दिएको ठहर गरेको थियो । - रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC