site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनामुक्त हुने ७४ प्रतिशतः सात हजार क्वारेन्टिनमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४६ पुरुष र ४२६ महिला गरी एक हजार १७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ४९७ जनामा नमूना परीक्षण गरिएको थियो । 

काठमाडौंमा सबैभन्दा बढी ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै रुपन्देहीमा ६७, सुर्खेतमा ४९, सुनसरीमा ३७, बाँकेमा ३०, गुल्मीमा २८, अछाम र कास्कीमा २२÷२२, सर्लाहीमा २१, बर्दियामा १९, डोटीमा १७, मकवानपुरमा १६, कैलाली र धादिङमा १४-१४, पाल्पामा १३, सप्तरीमा १२, सिरहामा ११ तथा नवलपरासी(बर्दघाट सुस्तापूर्व) र काभ्रेपलाञ्चोकमा १० ÷१० जनामा सङ्क्रमण पुष्टि भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी झापामा नौ, कपिलवस्तु र तनहुँमा छ–छ, प्युठान, स्याङ्जा, नवलपरासी, लमजुङ र गोरखामा पाँचपाँच, बारामा चार, कञ्चनपुर र धनुषामा तीनतीन, दार्चुला, बैतडी, दाङ, बागलुङ, नुवाकोट, रौतहट र पाँचथरमा दुईदुई तथा बझाङ, पर्वत, म्याग्दी, चितवन, महोत्तरी, सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा एकएक जनामा सङ्क्रमित देखिएको छ । 

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजार ८०४ पुगेको छ । सङ्क्रमितमध्ये ४९ हजार ९५४ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ८९३ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेको प्रतिशत ७३.७ छ । आजसम्म नौ लाख ४४ हजार ४७४ जनामा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

Global Ime bank

संक्रमितमध्ये नौ हजार १८६ होम आइसोलेशन र आठ हजार २२८ जना संस्थागत आइसोलेशनमा छन् । सक्रिय सङ्क्रमितमध्ये २२० जना आइसियु र ४३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । सात हजार १०४ जना क्वारेन्टिनमा छन् । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर र चितवनमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित तथा सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण छ पुरुष र एक महिला गरी सात जनाको ज्यान गएको छ । झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौँका १६ वर्षीय, ललितपुरका ७४ वर्षीय, बर्दियाका ६४ र ३९ वर्षीय पुरुष तथा काठमाडौँका ६८ वर्षीय महिलाको कोरोना कारण ज्यान गएको हो । यससँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ४३६ पुगेको छ । 

हालसम्म विश्वभर तीन करोड १८ लाख १६ हजार ६५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट नौ लाख ७६ हजार २१ जनाले ज्यान गुमाएको तथा दुई करोड ३४ लाख २० हजार ७४६ जना निको भएका छन् ।  - रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC