site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के चस्मा लगाउने व्यक्तिमा कोभिड संक्रमणको जोखिम साँच्चै कम हुन्छ ?
Ghorahi CementGhorahi Cement

एजेन्सी । दैनिक चस्मा लगाउनेहरुमा कोरोना भाइरसबाट संक्रमित हुने जोखिम कम रहेको एउटा नयाँ रिसर्च ट्रेन्डले देखाएको छ । चीनका अनुसन्धानकर्ताहरुले गरेको यस खोजका अनुसार अन्य सर्वसाधारणको तुलनामा चस्मा लगाउने कोभिडका बिरामीहरु एकदमै थोरै हुने गरेका छन् ।   

नानछाङ युनिभर्सिटीको वैज्ञानिक टोलीले गरेको यस रिसर्चमा, भाइसले मान्छेलाई संक्रमण गर्दैगर्दा यो आँखामा हुने ‘एसीइ–१’ रिसेप्टर मार्फत हाम्रो सेलमा टाँसिएर शरीरमा प्रवेश गर्न सक्ने हुनाले पनि चस्मा लगाउनु लाभदायक हुने पत्ता लागेको हो । यो अनुसन्धानपछि स्वास्थ्यकर्मीहरुले आँखामा पनि प्रोटेक्सनका उपकरण लगाउन कति महत्वपूर्ण रहेछ भन्ने स्पष्ट भएको छ । र चस्मा नलगाउनेहरुले चाहिँ हात धोइरहने गर्न र अनुहार तर्फ नछुने गर्न अधिक जरुरी रहेको देखिन्छ । 

Agni Group

‘जामा अप्थ्याल्मोलोजी’ मा प्रकाशित यस अध्ययनमा विज्ञहरुको टोलीले जनवरी २७ देखि मार्च १३ बीच कोभिड–१९ ले संक्रमित भएका २७६ बिरामीको अध्ययन गरेका हुन् । ती मध्ये तीसजना अर्थात १०.९ प्रतिशत बिरामीले चस्मा लगाएका थिए । त्यसमा पनि १६ जनाले मात्र दैनिक आठ घण्टा चस्मा लगाउने गर्दथे । यसरी नियमित चस्मा लगाउनेको सङ्ख्या अत्याधिक भएपनि कोभिडका बिरामीमा भने चस्मा नलगाउनेहरु नै तुलनात्मक रुपमा बढी हुने ट्रेन्ड रहेको डाटाले देखाएको छ । 

तर विज्ञहरुले अहिले नै यसबार पूर्ण निष्कर्ष निकाल्न नसकिने पनि बताइरहेका छन् । जस्तै कि चस्माले खोक्दा वा हाक्ष्यु गर्दा मुखबाट निस्कने थुकका छिटाबाट जोगाउने हुनाले पनि यस्तो भएको हुन सक्ने बताइएको छ । त्यसैगरी चस्मा लगाएको व्यक्तिले आँखा मिच्ने वा आँखामा छोइरहने सम्भावना कम हुन्छ जसले पनि कोभिडको जोखिम धेरै न्युन गराउन सक्छ । जस्तै २०१५ को एक रिसर्चमा विद्यार्थीहरुले प्रत्येक एक घण्टामा कम्तीमा पनि १० पटक अनुहार छुने गरेको पत्ता लागेको थियो । अर्को कारण भनेको चस्मा लगाउने व्यक्तिहरु एकै उमेरका र बुझ्ने भएकाले भाइरल संक्रमण फैलिहेका बेला घरमै बसेकाले पनि तिनकोे सङ्ख्या कम भएको हुन सक्ने अनुमान गरिएको छ । 

Global Ime bank

यसरी कहिँ न कहिँ यो अध्ययनले चस्मा र भाइरसबीच एक प्रकारको जैविक सम्बन्ध छ भन्ने खुलासा गरेको डाक्टर मारागाकिस बताउँछन् । तर यसमा मास्क र सामाजिक दुरी जसरी के चस्माले वास्तवमै कोभिडबाट अधिक सुरक्षा दिन सक्छ सक्दैन भन्ने स्पष्ट हुन नसकेको उनले बताए । त्यस्तै कतिपय मानिसहरुको चाहिँ चस्मा लगाउँदा अनुहार तिर बढी छोइरहने बानी पनि हुन सक्छ । त्यसकारण यो ट्रेन्डबारे पुष्टि गर्न थप अध्ययन आवश्यक रहेको डाक्टर थोमस स्टेइमन बताउँछन् जो अमेरिकन एकेडेमी अफ अप्थ्याल्मोलोजीका प्रवक्ता एवम् आँखाको विषयका प्रोफेसर पनि हुन् । र उनका अनुसर यो अध्ययनले चस्मा नलगाउनेहरुमा कुनै चिन्ता उत्पन्न गराएको छैन । उनी भन्छन्, “चस्मा लगाउनुमा पक्कै पनि कुनै हानि छैन तर के सबैका लागि यो जरुरी छ त ? पक्कै पनि छैन । यसमा विशेषगरी केही जोखिमदायक पेशामा संलग्न जस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अनि जटिल स्वास्थ्य भएकाहरुले यो रिसर्चप्रति ध्यान दिँदा राम्रो हुनेछ ।”

यसका साथै यो अध्ययनले आँखाबाट भाइरस शरीरमा प्रवेश गर्ने सम्भाव्यता सम्बन्धी पनि प्रश्न उठाएको छ । अहिलेसम्मको अवस्था हेर्दा डाक्टरहरुले एकदम थोरै बिरामीमा मात्र भाइरसले आँखा मार्फत संक्रमण गराएको फेला पारेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC