site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘राजनीतिक मानिस नै ल्याउन राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था गरिएको होइन’
Sarbottam CementSarbottam Cement

राष्ट्रियसभामा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गर्ने सिटमा नेकपाका नेता वामदेव गौतमजीलाई ल्याइएको छ । 

प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोर्नुभएका उहाँलाई राष्ट्रपतिले मनोनीत गरेर ल्याउनुभएकोमा विरोध भइरहेको छ । राष्ट्रियसभामा तीन जनाबाहेक अरु त निर्वाचित नै भएर आउने हो । निर्वाचित भएर आउने पदमा एक ठाउँमा चुनाव हारेको मान्छे निर्वाचनमा आउन पाउँदैन भन्ने कुरा त भएन । त्यसरी आउने कुरालाई स्वभाविक रुपमै लिन्छु मैले । पार्टीले आवश्यक ठान्यो भने त्यहाँ उमेदवार बनाएर चुनावबाट जिताएर ल्याउन पाइयो । यसमा कुनै बाधा छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

जहाँसम्म राष्ट्रपतिबाट मनोनीत हुने तीनजनाको कुरा छ । त्यहाँ मनोनीतको कुरामा संविधानले केही नबोलेको हुनाले त्यसमा पनि कानुनतः चुनाव हारेकालाई ल्याउन मिल्दैन भन्‍ने लाग्दैन । तर, राष्ट्रपतिले मनोनीत गर्ने पद भनेकोचाहिँ राष्ट्रका लागि योगदान गरेका व्यक्तिहरूलाई राष्ट्रियसभामा ल्याउनका लागि ठाउँ बनाइएको हो । पहिलोपटक मनोनीत गर्दा विभिन्‍न क्षेत्रमा योगदान गरेका त्यस्तै व्यक्तिहरूलाई ल्याइएको पनि हो । तीनजना आ-आफ्नो क्षेत्रका विज्ञहरूनै आउनुभएको थियो । तर, अहिले उनीहरू (नेकपा) को राजनीतिक अभिष्टका लागि वामदेव ल्याएको हुनाले विवाद भएको हो । तर, कानुनले रोक्छजस्तो लाग्दैन । 

यसरी राष्ट्रपतिबाट मनोनीत गर्ने तीन पदमा राजनीतिक व्यक्तिलाई नै ल्याउँदा गलत नजिर बस्छ । विज्ञहरू, आफ्नो क्षेत्रमा ख्याति कमाएका र राष्ट्रमा योगदान गरेका मानिसहरू नआएर भोलि पुरानो नजिर देखाएर राजनीतिक नियुक्तिका रुपमा प्रयोग गर्ने सम्भावना बढ्यो ।

Global Ime bank

एक ठाउँमा चुनाव हारेर अर्को ठाउँमा चुनावमै जान पाइँदैन भन्‍ने मलाई लाग्दैन । प्रतिनिधिसभामा हार्‍यो अब राष्ट्रियसभामा आउनुपर्‍यो भने पार्टीले आफ्नो तागतमा ल्याउने कुरा हो । ल्याउनसक्छ भने जो आए पनि राजनीतिक मानिस नै आउने भएकाले ५६ सिटमा त म केही पनि भन्दिनँ । नारायकाजी श्रेष्ठजी आएकामा मलाई केही भन्नु छैन । तर, त्यो तीन सिटमा जसरी वामदेव गौतमजीलाई ल्याइयो, नल्याइएको भए हुन्थ्यो भन्ने मलाई लाग्छ । 

वामदेवजीलाई ल्याइएकामा पनि आपत्ति जनाउनुपर्ने थिएन । तर, उहाँ जुन ठाउँबाट आउनुभयो, त्यो उहाँका लागि होइन । संविधान बनाउँदा विभिन्‍न व्यावसायिक क्षेत्रमा, अन्य कुनै विधामा योगदान गरेका व्यक्तिलाई ल्याउनका लागि राखिएको ठाउँबाट उहाँ आउनुभयो भन्नेमा प्रश्न हो ।

राजनीति क्षेत्रबाटै ल्याउने हो भने राष्ट्रपतिबाट त्यो तीन सिटमा ल्याउनुपर्ने के जरुरी थियो र ? त्यो ३ सिट पनि चुनाबाटै ल्याए भइहाल्थ्यो नि । योगदान वामदेव जीको छैन भन्‍ने होइन । तर, राष्ट्रपतिबाट मनोनीत हुने सिट राजनीतिक योगदानका लागि रोकेको होइन । राजनीतिक योगदान भएका मानिसका लागि ५६ सिट दिएको हो । समानुपातिक सिट छ । 

(राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता तथा वरिष्‍ठ अधिवक्ता अधिकारीसँग जगन्‍नाथ दुलालले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC