site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बढेको भाडा सात दिनभित्र फिर्ता गर्न १३ विद्यार्थी संगठनको सरकारलाई चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभिन्न १३ विद्यार्थी संगठनले लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा ५० प्रतिशत भाडा सातदिनभित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “हवाईजहाजमा पूर्ण क्षमतामा यात्रुहरु राख्न दिइएको तथा सार्वजनिक बसहरुमा आधामात्रै यात्रु चढाउने निर्णय अपरिपक्व, अव्यवहारिक र अवैज्ञानिक छ । हवाइजहाजबाट यात्रा गर्दा कोरोना नसर्ने र बसबाट यात्रा गर्दा सर्ने भन्ने हुन सक्दैन । सार्वजनिक यातायातमा आधा संख्यामा यात्रु राख्ने निर्देशन दिइए पनि पूर्ण क्षमतामा यात्रुहरु राख्ने तर दोब्बर भाडा असुल्ने काम भएको छ । त्यसैले निर्णय अवज्ञा गर्ने र यात्रुहरुमाथि लुट मच्चाउने गरिएको छ । सम्पूर्ण सार्वजनिक यातायातमा स्वास्थ्यका उपयाहरु अपनाइ साविककै भाडा लिइ सञ्चालन गर्न र यात्रुहरुको आवतजावत सहज बनाउन माग गर्दछौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

तर मन्त्री वसन्तकुमार नेम्वाङले भने पूर्ण क्षमतामा अहिले यातायात सञ्चालन गर्न दिन नसकिने बताएका छन् ।

कोभिड १९ सम्बन्धमा स्वास्थ्यको तोकिएको मापदण्डलाई पहिलो सर्त मानेर सार्वजनिक यातायात सञ्चालन गर्न दिइएकाले तत्काल भाडादर घटाउन र सार्वजनिक यातायातलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिन नसकिने उनले स्पष्ट पारेका हुन् ।

Global Ime bank

यस्तो छ ज्ञापनपत्र 
 

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC