काठमाडौं । टीभीएस एनटर्क १२५ छोटो समयमै नेपालमा सर्वाधिक सफल स्कुटरको रुपमा स्थापित भएको छ । जगदम्बा मोटर्सले भर्चुअलमार्फत् ‘नाडा अटो शो २०१८’ मा सार्वजनिक गरिएको टीभीएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी दिएको छ ।
कार्यक्रममा टीभीएस एनटर्क १२५ का ब्रान्ड एम्बेसेडर अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिति थियो । कम्पनीले ग्राहकका इच्छा र चाहनाअनुरुप यसले प्रदर्शन गर्न सकेका कारण नै छोटो समयमा नेपालमा सफलता प्राप्त गरेको दाबी गरेको छ ।
जगदम्बा मोटर्सले नेपालमा नै पहिलो स्मार्ट कनेक्ट सहितको पावरफुल स्कुटर भित्र्याएको थियो । हाल यो स्कुटर ड्रम ब्रेक, डिस्क ब्रेक र रेस एडिसन गरि ३ भेरियन्टमा उपल्ब्ध छन् । स्कुटरले भारतमा स्कुटर अफ दि इयर अवार्ड, अटो कार अर्वाड, वेस्ट कम्युटर टुह्विलर अवार्ड जस्ता अवार्ड जित्न सफल रहेको एनटर्क रेसिङ डीएनएबाट प्रेरित छ ।
नेपालमा १२५ सीसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क १२५ सीसी सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहँदै आएको छ ।
एनटर्क १२५ को सफलतामा जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपक अग्रवाल भन्छन्, “सेग्मेन्टमै सर्वाधिक फिचर र टीभीएसको नयाँ डिजाइनले एनटर्क १२५ लाई सफल बनाएको हो । यसमा रहेका हरेक फिचर चालकलाई सहज बनाउन सहयोग गर्ने किसिमका छन् । यसको पावर र डिजाइनले जो कोहीलाई सहजै लोभ्याउने किसिमको छ ।”
यसमा सेग्मेन्टमा नै पहिलो स्मार्ट कनेक्ट फिचर दिएको छ, जसमा चालकलाई हेल्मेट वार्निङ, ब्लुटुथ कनेक्ट, कल अर्लट, एमएस अर्लट, जीपीएस, टन वाइ टर्न नेभिगेन जस्ता फिचर रहेको छन् । एनटर्कको सिग्नेचर हेड ल्याम्प र टेलिथ एयरक्राफ्ट डिजाइनको टेलल्याम्पले यसलाई स्पोर्टी मात्र बनाएको छैन सडकमा जो सुकैको ध्यान खिच्न सफल भएको छ ।
एनटर्क १२५ मा १२४.७ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केहि धेरै र १५० सीसीभन्दा सामान्य कम हो ।
दसैं तिहार अफर
दसैं तिहारलाई लक्षित गर्दै कम्पनीले ‘टीभीएस दशैंको आशा’ ल्याइसकेको छ । ग्राहकहरुले टीभीएस मोटरसाइकल खरिदमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट पाउनेछन् । साथै ग्राहकले शून्य प्रतिशत ब्याजमा फाइनान्सको सुविधा पनि पाउने र एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत् आरआर ३१० मोटरसाइकल पनि जित्न सक्ने योजना कम्पनीले ल्याएको छ ।
दसैं तिहारकै अवसरमा कम्पनीले जुनसुकै कम्पनीको दुईपांग्रे सवारी ल्याए चलेको बजार मूल्यमा थप १५ हजार थपेर भ्यालुयसन गर्ने एक्स्चेन्ज अफर घोषणा गर्ने तयारी गरेको जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट अग्रवालले जानकारी दिए ।