site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लागुऔषध मुद्दामा मुछिएका शीर्ष ६ बलिउड अभिनेत्री 
Sarbottam CementSarbottam Cement

एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको अनुसन्धान अहिले बलिउडमा लागुऔषध मुद्दासँग जोडिएको छ । यो मुद्दामा एकपछि अर्को गर्दै बलिउडका थुप्रै ए-ग्रेडका कलाकारहरुको नाम सार्वजनिक भइरहेको छ । 

लागुऔषधको मुद्दामा अहिले एनसीबीले सोधपुछ जारी गरिरहेको छ । सोधपुछको क्रममा बलिउडका शीर्ष ६ जना अभिनेत्रीहरुको नाम सार्वजनिक भएको छ । यी सबै अभिनेत्रीहरुको सम्बन्ध कुनै समय क्‍वान कम्पनीका ट्यालेन्ट म्यानेजर रहेकी जया शाहसँग रहेको अनुसन्धानले देखाएको छ । 

एनसीबीले अहिले जया शाहसँग सोधपुछ गरिरहेको छ । रिया चक्रवर्तीसँगको लागुऔषधसम्बन्धी गरेको कुराकानीमा उनको नाम आएपछि एनसबीले अहिले उनीसँग सोधपुछ थालेको हो । उनले सुशान्तलगायत बलिउडका थुप्रै कलाकारसँग काम गरिसकेकी छन् । रियाका साथै जयाले पनि थुप्रै बलिउडकर्मीहरुको नाम एनसीबीलाई दिएकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

लागुऔषध मुद्दामा मुछिएका बलिउडका शीर्ष ६ अभिनेत्री

रिया चक्रवर्ती

Global Ime bank

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणकी मुख्य आरोपित रिया चक्रवर्ती लागुऔषध मुद्दामा नाम आएकी पहिलो अभिनेत्री हुन् । अनुसन्धानका क्रममा उनको ह्वाट्स एपमा भएको 'ड्रग्स च्याट' भेटिएपछि  उनलाई एनबसीले निगरानीमा राखेर अनुसन्धान सुरु गरेको थियो । 

जसमा उनले सुशान्तको लागि लागुऔषध किन्‍ने गरेको र कहिलेकाँही आफूले पनि सेवन गर्ने गरेको स्वीकार गरेकी थिइन् । ड्रग्स पेडलरसँग लगातार सम्पर्कमा रहेको स्वीकार गरेकी उनलाई ६७ एनडीपीएस ऐन अन्तर्गत पक्राउ गरिएको थियो । पक्राउ पछि एनसीबीले उनलाई धारा ८ (सी), २७ (ए), २९, २० (बी) र धारा २८ अन्तर्गत अनुसन्धान गरिरहेको छ । 

सारा अली खान

रिया चक्रवर्तीसँगको सोधपुछमा बलिउडका थुप्रै कलाकारहरुको नाम बाहिरिएको छ । भारतीय मिडियाका अनुसार एनसीबीले गरेको सोधपुछमा रियाले सारा अली खानले पनि उनी र सुशान्तसँगै बसेर लागुऔषध सेवन गर्ने गरेकी बताएकी थिइन् ।

बयानमा रियाले यो पनि भनेकी थिइन की, सुशान्तले पहिलो पटक सारासँगै बसेर लागुऔषधको 'हेभी डोज' लिएका थिए । रियाले बयानमा भनेकी छिन्,“केदारनाथ चलचित्रको छायांकनका क्रममा सुशान्तको लागुऔषधको लत बढेको थियो ।” 

केदारनाथको छायांकन स्थल हिमाली भेगमा गरिएको र त्यहाँ सजिलै  र निशुल्क लागुऔषध पाइने गरेको र केदारनाथको पुरै टिमले नै लागुऔषध सेवन गर्ने साराले बयानमा बताएकी थिइन । उनीहरुले ‘कैनबिस’ नामक लागुऔषध लिने गरेको रियाले बताएकी थिइन् । उक्त लागुऔषधले धेरै भोक लाग्‍ने भएको हुँदा छायांकन सकाएर आँउदा सारा र सुशान्त दुबैको तौल बढेको तर हिमाली भेगमा छायांकनमा जाँदा तौल बढ्ने सम्भावना नै नहुने रियाको दाबी थियो ।

श्रद्धा कपुर

भारतीय मिडियाका अनुसार एनसीबीले अभिनेत्री श्रद्धा कपुरसँग पनि सोधपुछ गर्न सक्छ । किनभने अनुसन्धानका क्रममा 'ट्यालेन्ट म्यानेजर' जया साहा र श्रद्धाबीचको 'ड्रग्स च्याट' पनि एनसीबीले पत्ता लगाएको छ । श्रद्धासँगको ड्रग्स च्याटमा उनले जयासँग ‘सीबीडी ओयल’ मागेको देखिन्छ । 

‘सीबीडी ओयल’ लागुऔषधकै एक प्रकार हो, जुन भारतमा प्रतिबन्धित छ । जया स्वयंले पनि श्रद्धाको लागि 'सीबीडी ओयल' किन्‍ने गरेको स्वीकारेकी छन् । सोधपुछका क्रममा उनले अन्य बलिउड अभिनेत्रीहरुको पनि नाम सार्वजनिक गरकी छिन् । 

रकुल प्रित सिंह

भारतीय सञ्‍चारमाध्यमका अनुसार रियाले साराका साथै रकुलप्रितको पनि नाम लिएकी थिइन् । सारा, रकुल सुशान्तको फार्महाउसमा हुने 'ड्रग्स पार्टी'मा सहभागी हुने गरेको रियाले बताएकी छिन् । यद्यपि सञ्चारमाध्यममा लागुऔषधको मुद्दामा नाम मुछिएपछि रकुलले दिल्ली उच्च अदालतमा 'मिडिया ट्रायल'विरुद्ध उजुरी दर्ता गराएकी छन् । उनको उजुरीमा सुनुवाइ गर्दै उच्च अदालतले केन्द्रसँग 'मिडिया ट्रायल' विरुद्ध जवाफ मागेका छन् । 

दीपिका पदुकोण

ड्रग्स च्याटमा नामको पहिलो अक्षर एन, जी, एस, दी र के बीचको च्याट पनि सार्वजनिक भएको छ । दी अर्थात दीपिका पदुकोण भएको र उनले के नामका व्यक्तिसँग ‘माल’ अर्थात लागुऔषध माग गरेको पाइएको छ । के अर्थात करिष्मा, उनी पनि क्‍वान ट्यालेन्ट म्याजमेन्ट एजेन्सीकै कर्मचारी हुन् भने दीपिकाकी म्यानेजर पनि हुन् । उनको र दीपिकाको सन् २०१७ मा गरिएको 'ड्रग्स च्याट' एनसीबीले अनुसन्धान गरिरहेको छ ।

करिष्माले आफूसँग घरमा भएको र अर्को व्यक्तिलाई लिन पठाएर दीपिकालाई लागुऔषध दिएको उनीहरुको च्याटले देखाउँछ । 

दीया मिर्जा

लागुऔषध मुद्दामा अभिनेत्री दीया मिर्जाको नाम पनि आएको छ । तर दीयाले विज्ञप्ती जारी गर्दै उक्त खबर गलत भएको भन्दै खण्डन गरेकी छन् ।  उनले विज्ञप्तीमा लेखेकी छिन्, “मेरो छवि बिगार्ने प्रयास गरिएको छ । म कानुनी लडाइँ लड्ने छु ।” 

साथै उनले ट्विटमार्फत पनि भनेकी छिन्,“यस्तो खालको समाचारले सीधै मेरो छविमा असर पर्छ । यस्ले मेरो कडा मेहेनतले बनाएको करियर खराब गर्न सक्छ ।” 

अर्को ट्विटगर्दै लेखेकी छिन्, “मैले कहिले पनि नारकोटिक वा अरु कुनै प्रतिबन्धित कुराको प्रयोग गरेकी छैन । भारतीय नागरिकको हिसाबले उपलब्ध कानुनी उपायमा जानेछु । मेरो साथ हुनु भएका सबैलाई धन्यवाद ।”

नवभात टाइम्स

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC