site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नियमविपरीत सेयर कारोबार गरेपछि हिमालयन डिस्टिलरीका पूर्वसञ्‍चालक र एक ब्रोकरलाई कारबाही 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन डिस्टिलरीका पूर्वसञ्चालक र श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालिलाई कारबाही गरेको छ । बोर्डले हिमालयन डिस्टिलरीका पूर्वसञ्चालक रहिशा शाह श्रेष्ठलाई नगद जरिवाना गरिएको हो ।

कम्पनीका पूर्वसञ्‍चालक रहिशा शाह श्रेष्ठले सञ्‍चालक पदबाट हटेको एक वर्ष नपुग्दै कम्पनीको सेयर बेचेको तथा श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालीलाई उक्त सेयर कारोबारमा संलग्‍न भएकोले कारबाही गरेकाने बोर्डले जनाएको छ । “हिमालयन डिष्टिलरीका पूर्व सञ्‍चालक रहिशा शाह श्रेष्ठले सूचिकृत संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिका -२०७४ को दफा १४ को उपदफा (६) को व्यवस्था विपरीत सञ्‍चालक पदबाट हटेको एक वर्ष नपुग्दै विभिन्‍न मितिमा हिमालयन डिष्टिलरीको सेयर बिक्री गरेकोले उनलाई कारबाही गरेको हो,” नेपाल धितोपत्र बोर्डले भनेको छ । उनलाई ७५ हजार रुपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ । 

Agni Group

“धितोपत्र सम्बन्धी ऐन- २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्रसम्बन्धी ऐन वा ऐनअन्तर्गत बनेको नियम वा विनियम वा सोअन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकि दिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था भएकोमा रहिसा शाह श्रेष्ठलाई ७५ हजार रुपैयाँ जरिवाना गर्ने निर्ण भएको छ,” बोर्डले जारी गरको विज्ञप्तीमा भनिएको छ ।
 
यस्तै उक्त सेयर कारोबारमा संलग्‍न धितोपत्र दलाल व्यवसायी श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालिले रहिशा शाह श्रेष्ठको बारेमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) को व्यवस्था बमोजिमको पूर्ण विवरणसहितको अभिलेख नराखेको तथा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन, २०७६ को दफा ६ को उपदफा (२) तथा दफा १० बमोजिम ग्राहक पहिचान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक राख्नुपर्नेमा सो को पूर्णरुपमा पालना नगरेको भन्दै बोर्डले कारबाही गरेको हो बोर्डले कम्पनीलाई एक लाख ५० हजार रुपैयाा जरिवाना लगाएको जनाएको छ । 

“धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) मा कसैले धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम पुर्‍याउनु पर्ने रित नपुर्‍याई धितोपत्र निष्कासन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार सञ्‍चालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले ५० हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था भएकोमा धितोपत्र दलाल व्यवसायी श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि.लाई एक लाख पचास हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो,” बोर्डले भनेको छ ।
 
यसरी कारबाहीमा परेको व्यक्ति १० वर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक हुन नपाइने व्यवस्था रहेको छ । “धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०८ बमोजीम कुनै सञ्‍चालक वा कार्यकारी प्रमुखले यस्तो सजाय पाएमा उक्त सजाय पाएको मितिले १० वर्षको अवधि पुरा नभएसम्म कनै पनि पब्लिक लिमिटेड कम्पनीमा सञ्चालक वा कार्याकारी प्रमुखको पदमा बहाल हुन योग्य हुने छैन ।”

Global Ime bank

बोर्डले यस प्रकारको कारबाही पहिलोपटक गरेको बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC