site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रपतिबाट प्रदान गरिएका विभूषण : ‘सम्मानको ठाउँमा अपमान किन ?’
Sarbottam CementSarbottam Cement

काठमाडौं । घरेलु मैदानमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले एतिहासिक प्रदर्शन गर्‍यो । नेपालले साग इतिहासमा पहिलो पटक ५१ स्वार्ण जित्‍न सफल भयो । नेपालको ऐतिहासिक स्वर्णको सफलतामा मुख्य भूमिका खेल्ने खेलाडी मध्यका हुन; मण्डे श्रेष्ठ, गौरिका सिंह, आयसा शाक्य र सुवास तामाङ । उसो त नेपाललाई सफलता दिन सबै खेलाडीको समान भूमिका छ । उनीहरुको भूमिकालाई सरकारलगायत विभिन्‍न निकायाले सम्मान गर्दै पुरस्कृत पनि गरेका छन् । सरकारले नै सबै खेलाडीलाई आर्थिक रुपमा पनि सहज हुने गरि सम्मानित गर्‍यो । 

सरकारले संविधान दिवसको अवसरमा प्रदान गरिने मानपदवी भने सबै खेलाडीको चित्त दुखाइको विषय बन्यो । लामो समय नेपाली खेलकुदमा योगदान दिएर सागमा नेपाललाई स्वर्ण जिताउने खेलाडीलाई उक्त मानपदवीले बेवास्ता गर्‍यो । संविधान दिवसका दिन नै सबै खेलप्रेमी र खेलाडीमाझ चर्चाको विषय बन्‍यो मानपदवी विभूषण । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागमा पदक जित्‍न सफल खेलाडीहरुलाई एउटा फाराम भर्न लगायो । त्यसको मुख्य उद्देश्य थियो खेलाडीले देशका लागि दिएको योगदानको कदर गर्नु । तर, संविधान दिवसको दिन त्यसको नतिजा ठिक उल्टो बनेर आयो । सागमा नेपाललाई एतिहासिक सफलता दिलाउने खेलाडी नै मानपदवीबाट विभूषण हुन पाएनन् । 

“राखेपबाट लामो फाराम भराइयो । विभागीय टोलीका खेलाडीले यस पटक नेपाल पुलिस क्लबभन्दा पनि राखेपबाट फाराम भरेर पठाए । हालसम्म मैले देशका लागि दिएको योगदानबारे पनि भरे । घरेलु मैदानमा भएको सागमा नै देशका लागि दुई स्वर्ण जितेको मलाई पनि सरकारले योगदानको कदर गर्दै मानपदवीबाट विभूषण गर्ला भन्‍ने लागेको थियो । तर, हामीलाई बेवास्ता भयो,” सागमा दोहोरो स्वर्ण जित्‍न सफल खेलाडी मण्डे श्रेष्ठले बाह्रखरीसँगको कुरामानीमा भने । 

Prabhu Bank
Agni Group
NIC Asia

१३ औं सागमा स्वर्ण पदक जित्‍ने खेलाडीलाई राखेपले फाराम भर्न लगाएको थियो । तर, राखेपले सिफारिस गर्न लगाएका खेलाडीहरु भने मानपदवी बिभूषणका लागि पर्न सकेनन् । यता विभागीय टोलीबाट सिफारिस भएका खेलाडीहरुले भने तक्मा झुण्ड्याए । देशका लागि छोटो समयमा ठूलो प्रतिफल दिन सफल खेलाडीहरुको भने बेवास्ता भयो । यता साग खेलकुद गरेको भन्दै राखेपका सदस्य सचिव रमेश सिलवाल र समारोह समितिका कुलबहादुर थापाको नाममा भने मानपदीप बिभूषण पर्न सफल भयो । 

खेलकुद क्षेत्रमा योगदान दिएका खेलाडीले भने धेरै मन दुखाए । सन् १९९९ मा नेपालमा आठौं सागमा नेपालका लागि ३२ स्वर्ण जितेका खेलाडीलाई गोर्खा दक्षिण बाहु विभूषणबाट सम्मानित गरेको थियो । त्यस्तै अहिलेका स्वर्णधारी खेलाडीले पनि राखेपले बेवास्ता नगरी आफूलाई विभूषण गर्छ भन्‍ने लागेको थियो । त्यस्तै मानपदवीमा नेपालका लागि सागमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई बेवास्ता गरिएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले असन्तुष्टि जनाए । 

Global Ime bank

संघले शनिबार विज्ञप्ति जारी गर्दै खेलाडीलाई फाराम भराएर पनि सम्मान नगरेर सरकारले खेलाडीको अपमान गरेको जनाएको बतायो । “स्वर्ण पदक विजेता खेलाडीले फाराम भरेर राखेपलाई बुझाए पनि आज सूची सर्वाजनिक हुँदा विभागले सिफारिस गरेबाहेक कुनै पनि खेलाडी मानपदवीको सूचीमा समावेश नहुनु अत्यन्तै दुःखद पक्ष हो । यसले खेलाडी र खेल क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण फेरि एक पटक उजागर भएको छ,” संघका अध्यक्ष दीपक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यता सागमा स्वर्ण विजेता अनु अधिकारीले पनि संघले विभूषणका लागि नाटकीय रुपमा फाराम भर्न लगाएर आफूहरुको अपमान गरेको बताइन् । संघले विभागीय खेलाडीलाई मात्र मानपदवीबाट सम्मान गर्ने भए आफूहरुलाई फाराम भर्न लगाएर राखेपले अपमान गरेको बतााइन् । विभागीय क्लब एपीएफबाट कराँते खेल्दै आएकी उनले गत वर्षमात्र क्लबबाट राजीनामा दिएकी थिइन् । “सरकारले साग जिति सकेपछि राम्रो सम्मानसहित पुरस्कृत गरेको थियो । त्यसै अनुसार मानपदवी विभूषणमा पनि सम्मान गर्छ भन्‍ने कुरामा आशामा थियौं । तर, त्यो भएन्,” अनुले भनिन् । 

त्यस्तै नेपालका लागि सागमा चार स्वर्ण दिलाएकी गौरिका सिंहले पनि विभूषणबाट सम्मानित भइनन् । एउटै सागमा चार स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको रुपमा पहिचान बनाएकी गौरिकाले सम्मान भने पाउन सकिनन् । विदेशमा बसेर प्रशिक्षण गरेर देशको गरिमा बढाउन महत्वपूर्ण योगदान गरेकी उनले देशबाट नै अपमानित हुनु परेको छ । उनले नेपाललाई पौडीमा चार स्वर्ण जिताएकी थिइन् । गौरिका आठौं राष्ट्रिय खेलकुदमा पनि १२ स्वर्ण जित्दै कीर्तिमान बनाउने खेलाडी हुन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सम्मानित हुने व्यक्तिहरुको नाम शनिबार सार्वजनिक गरिएको थियो । त्यसमा राष्ट्रिय खेलबुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालसहित खेल क्षेत्रका १९ जना परेका छन् । राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तेक्वान्दोकी कीर्तिमानधारी संगिना वैद्य र तेक्वान्दोकै प्रशिक्षक तुलसि गौतमको नाम सार्वजनिक गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC