site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
हल खुलेको अवस्थामा पनि निर्माता चलचित्र चलाउन तयार छैनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र निर्माताहरुले तत्काल सिनेमा हल सञ्चालनमा आए पनि अहिलेकै अवस्थामा चलचित्र रिलिज गर्न नसकिने बताएका छन् ।

जनजीवन सामान्य अवस्थामा नफर्किएसम्म सिनेमा हल सञ्चालन गर्न सरकारले अनुमति दिए पनि चलचित्र रिलिज गर्न नसकिने निर्माताहरुको भनाइ छ । यद्यपि सरकारले हल सञ्चालन गर्न अनुमति दिइसकेको छैन । असोजको दोस्रो सातासम्म अनुमति दिने तयारी रहेको स्रोतले बताएको छ ।

ठूलो लगानीमा बनेका चलचित्र जोखिम मोलेर प्रदर्शन गर्न सकिने अवस्था नरहेको निर्माता सन्तोष सेन बताउँछन् । जनजीवन सामान्य अवस्थामा फर्किएर दर्शक ढुक्क भएर हलमा नजाँदासम्म चलचित्र प्रदर्शन गर्न नसकिने उनको भनाइ छ ।  “करोडौं रुपैयाँ लगानी गरेर वर्षौं लगाएर सयौंले बनाएको चलचित्र हतारमा जोखिममा प्रदर्शन गर्न सकिँदैन । चलचित्र एकपटक रिलिज भएपछि पुनः रिलिज गर्न मिल्दैन । त्यसैले बजार लयमा नफर्किएसम्म मचाहिँ रिलिज गर्न सक्दिनँ,” सन्तोष भन्छन्, “करोडौं लगानी गरेर रगत पसिना बगाएर बनेको चलचित्र हतारमा लगानी गरेर साथीहरुको परिश्रमको अवमूल्यन पनि गर्नु हुँदैन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

आफू पर्ख र हेरको नीतिमा रहेको भन्दै सन्तोष कोरोनाको भ्याक्सिन नबनेसम्म चलचित्र रिलिज गर्न कठिन हुने बताउँछन् । उनको चलचित्र ‘प्रेम गीत-३’ रिलिज हुन बाँकी छ । 

निर्माता माओत्से गुरुङ पनि अहिलेकै अवस्थामा सिनेमा घर खुले पनि चलचित्र चलाउन नसकिने बताउँछन् । चलचित्र घरमा चलचित्र हेर्न जान स्वास्थ्यको सुरक्षाका हिसाबले जोखिम छैन भन्ने अवस्था सिर्जना नभएसम्म चलचित्र घरमा दर्शक नआउने उनको भनाइ छ । 

Global Ime bank

“सिनेमा घरमा सिनेमा हेर्न जाँदा पूर्णरुपमा स्वास्थ्यमा जोखिम छैन भनेर स्वास्थ्यकर्मी, हल सञ्चालक तथा विकास बोर्ड बसेर दर्शकलाई आश्वस्त नपारेसम्म हलमा दर्शक आउने सम्भावना म देख्दिनँ,” माओत्से भन्छन्, “पहिला हलमा जाँदा मलाई कोरोना संक्रमणको डर छैन भन्ने ढुक्कको वातावरण बनाउन गज्जबको छलफल चलाएर दर्शकलाई आश्वस्त नपारेसम्म निर्माताहरू चलचित्र चलाउन तयार हुँदैनन् ।” अहिलेकै अवस्थामा आफू चलचित्र प्रदर्शन गर्न नसक्ने बताउँछन् । माओत्सेको चलचित्र ‘दयारानी’ एक वर्षअगाडि निर्माण सम्पन्न भए पनि रिलिज भएको छैन ।

चलचित्र निर्माता संघले सरकारसँग चलचित्र निर्माताहरुलाई सुविधा दिनुपर्ने माग गर्दै आएको छ । संघले चलचित्रको बजेटको २० प्रतिशत रकम सरकारले बेहोर्नुपर्ने, एक प्रतिशतको प्रोजेक्ट इन्स्योरेन्स सरकारले गरिदिनुपर्ने, सरकारी सञ्चारमाध्यम रेडियो, टेलिभिजन तथा गोरखापत्रमार्फत सस्तो शुल्कमा चलचित्रको प्रचार-प्रसारको व्यवस्था मिलाइदिनुपर्ने, बसपार्क, ठूला सहर तथा भिड हुने ठाउँका होर्डिङ बोर्डमा निःशुल्क पोस्टर राख्न पाउनुपर्ने माग सरकारसँग राखेको छ । 

सन्तोषले भने सरकारले यो सुविधा दिएको अवस्थामा पनि तत्काल रिलिज गर्न कठिन रहेको बताउँछन् । उनले एमजी (मिनिमम ग्यारेन्टी) गरिदिनुपर्ने बताएका छन् । तर यति भएको अवस्थामा पनि सरकारको भर गरिहाल्ने अवस्था नरहेको भन्दै उनी प्रश्न गर्छन, “२० प्रतिशत सरकारले दिएला तर दर्शक आएर भिड बढेकाले जोखिम बढ्यो भन्दै हल बन्द गर्यो भने निर्माताको लगानी कसले बेहोर्छ ।” 

शतप्रतिशत अकुपेन्सीमा चलचित्र रिलिज गर्दा पनि लगानी उठाउन कठिन हुने गरेको स्मरण गर्दै ५० प्रतिशत अकुपेन्सीमा  रिलिज गर्नु ठूलो जोखिम हुने निर्देशक दीपेन्द्र के. खनाल बताउँछन् । सिनेमा घर खुलेको केही समय ठूलो ब्यानरका चलचित्र नचल्ने उनको भनाइ छ । “सिनेमा हल खुल्नबित्तिकै ठूलो ब्यानरका चलचित्र चल्दैनन् । तर यो समय रिपिट राउन्डका सिनेमा र अरु सानो ब्यानरका केही सिनेमा चल्लान्,” उनी भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC