site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा २७ जनामा कोरोना संक्रमण, लमही नगरपालिका सिल
Sarbottam CementSarbottam Cement

दाङ । तुलसीपुरमा ७ महिनो बालकसहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा तुल्सीपुरका ७ महिने बालकसहित तुलसीपुर उपमहानगरपालिका ३ जना कर्मचारी, इन्टरनेट वर्ल्ड लिंकका ३ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

तुल्सीपुरका कर्मचारी, इन्टरनेटका कर्मचारी, क्वारेन्टिनमा बसेका र कन्ट्याक्ट ट्रेसिङ गरी जम्मा ८४ जनाको नमुना स्वाव संकलन गरी परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का ४ वर्षीय बालक र २४ वर्षीय पुरुष र २३ वर्षीया महिला, वडा नम्बर २ का ३१, २५ वर्षका दुई पुरुष र ६१ वर्षीया महिला , वडा नम्बर ३ का ५८ वर्षीय पुरुष र ७, १४ वर्षीया बालिका र २५ बर्षीया महिला, वडा नम्वर ५ का ५०, २२, २५ बर्षका पुरुष र २५,२७ बर्षीया महिला, वडा नम्वर ६ का २८, १२, ३१ बर्षीय पुरुष,वडा नम्वर ८ का २९ बर्षका पुरुष र १० बर्षीया बालिका र वडा नम्वर ११ का ७ महिने बालक रहेको फोकल पर्सन केसीले जानकारी दिए ।

फोकल पर्सन केसीका अनुसार संक्रमितमध्ये तुलसीपुर उपमहानगरपालिका ३ कर्मचारी, वर्ल्ड लिंकका ३ जना कर्मचारी, क्वारेन्टिनका ८ जना र कन्ट्याक्ट ट्रेसिङका ७ जना रहेका छन् । योसँगै तुलसीपुरमा संक्रमितको संख्या २ सय १ जना पुगेको छ भने हाल सक्रिय संक्रमितको संस्था ५६ रहेको छ ।

Global Ime bank

लमही नगरपालिका एक साताका लागि सिल

यसैबीच लमही नगरपालिकामा एक जना वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालयसहित वडा कार्यालय ७ दिनका लागि सिल गरिएको छ ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा लमही नगरपालिका वडा नं। ५ का वडा अध्यक्षसहित ६ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु मध्य ४ जना क्वारेन्टाइनमा बसेका रहेका छन भने दुई जना समुदायस्तरका नागरिक हुन् ।

लमहीमा कोरोना सर्ने जोखिम बढेको र वडा नं. ५ को कार्यालयसहित नगरपालिका कार्यालय सेनेटाइजर गर्नुपर्ने भएकाले लमही नगरपालिका एक हप्ताका लागि सिल गरिएको लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले जानकारी दिएका छन् । उनका अनुसार अत्यावश्यक काम बाहेक अन्य काम नहुने समेत जानकारी दिएका छन् ।

कोरोना संक्रमितहरु लमही–१, ४, ५ र ६ नम्वर वडाका नागरिकहरु रहेका छन् । लमही नगरपालिका स्वास्थ्य शाखाको तथ्यांक अनुसार अहिलेसम्म लमही नगर क्षेत्रमा ५४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ३८ उपचारपछि निको भएर घर फर्किएका छन् । दाङमा कोरोना संक्रमितहरु १ हजार बढी पुगेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC