site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पोखरामा पनि सुरु भए पर्यटकीय गतिविधि
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  पोखरा पर्यटन परिषदको पोखराका होटल, रेष्टुरेन्ट, ट्राभल, ट्रेकिङ लगायत अन्य पर्यटकीय गतिविधिहरु सुचारु भएको जनाएको छ । 

नेपाल सरकारले तोकेका स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरि जिल्ला प्रशासन कार्यालय कास्कीको असोज १ मा जारी गरेको सूचनाको पूर्ण पालना गर्दै पर्यटकीय गतिविधि सुरु भएको परिषद्ले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल सरकारद्धारा सार्वजनिक सवारीहरु, पर्यटकीय सवारीहरु र आन्तरीक उडानलाई सुचारु गर्न दिइएको अनुमतिलाई स्वागत गर्दै पोखरामा सम्पूर्ण होटल, रेष्टु्ररेन्ट, टेकिङ, ट्राभल लगायतका अन्य पर्यटकीय गतिविधिहरु विश्व स्वास्थ्य संगठनको गाइडलाइन र नेपाल पर्यटन बोर्डको सुरक्षा मापदण्डलाई पूर्ण रुपमा पालना गरी सुचारु गर्ने निर्णय गरिएको परिषद्ले जनाएको छ ।

पोखरा पर्यटन परिषद पोखरामा पर्यटनसंग प्रत्यक्ष रुपमा सम्बन्धीत व्यवसायीक संस्थाहरुको छाता संगठन हो । नेपालमा कोभिड १९ को संक्रमणलाई कम गर्न सरकारको तर्फबाट घोषणा गरिएका लकडाउन र निशेद्याज्ञलाई केही खुकुलो बनाउँदा अन्य व्यवसाय विस्तारै सुचारु भए पनि पर्यटन क्षेत्र बन्दाबन्दी नै रहनु परेको अवस्थामा विभिन्न देशहरुले पर्यटन बजारलाई चलायमान बनाउन अपनाएको मोडललाई सकारात्मक रुपमा लिदै व्यवसाय सूरु भएको परिषद्ले जनाएको छ ।

Global Ime bank

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC