site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
 भूकम्पपछि शिक्षा क्षेत्रको पुनर्निमार्णबारे जानकारी दिन तयार गरिएको वेबसाइट शुभारम्भ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको ०७२ सालमा आएको भूकम्पपछिको क्षतिपछिको पुनर्निमार्णमा भारतले ठूलो सहयोग गरेको छ । 

शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा संयुक्त रुपमा शुभारम्भ गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार भर्चुअल समारोहमार्फत भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको एक डेडिकेटेड वेबसाइटको शुभारम्भ गरिएको हो । 

भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरुका लागि उक्त वेबसाइट अंग्रेजी र नेपाली दुवै संस्करणमा उपलब्ध हुनुका साथै सो वेबसाइट प्रयोगकर्ता मैत्री रहेको बताइएको छ ।

Global Ime bank

www.goicbrinepal.com मा गएर परियोजना सम्बन्धी जानकारी लिन सकिनेछ । उक्त वेबसाइट केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो । वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हुनुका साथै परियोजनाका लागि डिजाइन तथा व्यवस्थापन परामर्शदाता पनि हो । आवास योजना, निर्माण सामग्री, संरचना, निर्माण तथा प्रकोप न्युनीकरण जस्ता क्षेत्रहरुमा अध्ययन अनुसन्धान गर्ने सीबीआरआई भारतकै एक प्रमुख संस्थान हो । 

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्धता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेका छन् । 

विशेष गरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरहरु मध्ये ४६,००० घरहरु निर्माण भइसकेको अवस्था छ । ७० वटा विद्यालयहरु, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचनाहरु र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनासहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनर्स्थापना परियोजनाहरु पुनर्निर्माण-रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC